२ माघ २०८१, बुधबार | January 15, 2025

भारत-नेपाल पर्यटन सम्मेलन


December 11, 2024
415
Shares

काठमाडौं, २६ मंसिर । नेपाल र भारतको सहकार्यमा भारत नेपाल पर्यटन सम्मेलन भएको छ । काठमाडौँस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै मंगलबार पहिलो भारत नेपाल पर्यटन सम्मेलनको आयोजना गरेको हो ।

भारत र नेपालबीच सर्किट टुरिजमको कार्यान्वयनलाई प्रोत्साहन गर्न बीटुबी कनेक्सन निर्माण गर्ने र उत्तर प्रदेशको प्रयागराजमा महाकुम्भ २०२५ को प्रवर्द्धन गर्ने बारे कार्यक्रम केन्द्रित थियो । २। सम्मेलनको पूर्ण सत्र ९प्लेनरी सेसन० मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी प्रमुख अतिथिको रूपमा थिए । भारतीय राजदूतावासका कार्यवाहक राजदूत प्रसन्न श्रीवास्तव र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले उक्त सत्रको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतदीपकराज जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूको सबैभन्दा ठूलो स्रोत भारत रहेको भन्दै प्रशंसा गरे । नेपाल पर्यटन बोर्डले भारत(नेपाल पर्यटन प्रवर्द्धनका लागि गरेका विभिन्न पहलहरूबारे प्रकाशपारेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले औपचारिक तथ्याङ्कमा उल्लेख नभए पनि नेपालको पर्यटनमा विशेषगरी स्थलमार्गबाट ​​हुने अन्तरदेशीय पर्यटनको ठूलो योगदान रहेको बताए । उनले दुवै पक्षले विशेष गरी दुर्गम क्षेत्र जस्तैं सुदूरपश्चिम प्रदेशमा अन्तरदेशीय कनेक्टिभिटिमा ध्यान दिनुपर्ने सुझाव दिए ।

भारतीय राजदूतावासका कार्यवाहक राजदूत प्रसन्न श्रीवास्तवले भारत र नेपालबीच उच्च पर्यटन प्रवाहलाई बढावा दिइरहेको भौतिक र डिजिटल कनेक्टिभिटीमा भएको विकासबारे जानकारी गराए । उनले नेपालका ठाउँहरु र भारतका छिमेकी राज्यहरूमा रहेका धार्मिक तथा सांस्कृतिक सर्किटहरुको प्रवर्द्धनमार्फत भारत-नेपाल पर्यटन क्षमताको पूर्ण सदुपयोग गर्न दुवै पक्षको निरन्तर संयुक्त प्रयासमाथि जोड दिए ।

भारतीय सांस्कृतिक सम्बन्ध परिषद् ९आईसीसीआर० द्वारा समर्थित भारतबाट आएको आठ सदस्यीय समूहले प्रस्तुत गरेको मनमोहक कथक नृत्यसँगै कार्यक्रम सम्पन्न भयो।

सम्मेलनमा भएको बीटुबी कार्यक्रममा भारतका १३ प्रतिनिधि र नेपालका ६० जना टुर अपरेटरहरूको सहभागीता रहेको थियो। विशेषगरी स्थलमार्ग हुँदै अन्तरदेशीय पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो । रामायण र बुद्ध सर्किटको सन्दर्भमा दुवैतिरका टुर अपरेटरहरूले दुवै देशका पर्यटकहरुका लागि सम्भावित यात्रा योजनाहरूको बारेमा विचार विमर्श गरेका थिए ।

कार्यक्रमको एक हिस्साको रूपमा नेपाल पर्यटन बोर्डले मिति २०८१ मंसीर २३(२४ गतेसम्म घुम्न आएका प्रतिनिधिहरू र टुर अपरेटरहरूका लागि उत्तर प्रदेश राज्यदेखि जनकपुर र काठमाडौँसम्म परिचयात्मक यात्राको आयोजना गरेको थियो।

प्रतिक्रिया