२ माघ २०८१, बुधबार | January 15, 2025

नेपाली राइड सेयरिङ ‘आयोयुजर’ले दियो निशुल्क स्कुटर


December 3, 2024
664
Shares

काठमाडौं,१८ मंसिर । नेपाली राइड सेयरिङ कम्पनी आयोयुजरले निशुल्क स्कुटर प्रदान गरेको छ । Ayo user एपको माध्यमबाट राइड सेयरिङ सेवा दिदै आएका राइडर दीपक गोलेलाई निशुल्क स्कूटर उपलब्ध गराएको हो ।

मंगलबार एक औपचारिक कार्यक्रमकाबीच गोलेलाई कम्पनीका कार्यकारी निर्देशक इभाना मानन्धरले टिभीएस कम्पनीको स्कूटरको चावी हस्तान्तरण गरिन । उक्त स्कुटरको बजार मूल्य २ लाख ८० हजार मूल्य पर्न जान्छ । स्कुटर उपहार पाएका गोलेले नेपालमा धेरै राइड सेयरिङ भएपनि नेपाली राइड सेयरिङ चलाउन धेरै गाह्रो भएको बताए ।

उनले भने– ‘नेपालमा धेरै राइड सेयरिङ छन, नेपाली राइड सेयरिङ चलाउन धेरै गाह्रो छ । तर नेपालीहरुलाई नै सहयोग गरौं भनेर निरन्तर अनलाइन बसीरहेँ । ५–६ किलोमिटरको दूरी सम्म पनि निस्वार्थ भावनाले नेपाली हो भनेर सहयोगका लागी राइड उठाउन जान्थेँ ।’ आफुले लामो समय यही क्षेत्रमा काम गरिरहेपनि खासै फाइदा नभएको तर नेपाली भएर नेपाली कम्पनी र नेपाली दिदी बहिनी दाजुभाइलाई सहयोग गर्नपाएकोमा उनि सन्तुष्ट देखिएका छन् । यस अघि गोलेले भने– ‘कर्म गर फलको आश नगर भनेर गितामा भनेजस्तै आज मैले केही आश नगरेपनि स्कुटर उपाहार पाउँदा धेरै खुसी छु । म अरु राइडर साथिहरुलाई समेत नेपाली राइड सेयरिङलाई सहयोग समर्थन गरौं भन्न चाहान्छु ।’

भरोसा नेटवर्क प्रालिले नेपाली एप कम्पनी ९ ब्थय गकभच ० मार्फत राइड सेयरिङको बजार विस्तार गरी नेपालीलाई रोजगारी र सेवा उपलब्ध गराउदै आएको छ । राइड सेयरिङ देखि व्यापारमा समेत विदेशी कम्पनीहरुको बर्चश्व रहेको र नेपाली कम्पनीहरु दिगो हुन नसकेको बेला भरोसाले नेपालीहरुकै लागी विशिष्ट सेवा दिएर बजारमा नेपालीको छाप छाड्न खोजेको जनाएको छ । सो एपमा अहिले करिव ३ हजार राइडर आवद्ध भएपनि ७५–१०० राइडरहरु नियमित सेवामा छन् ।

कम्पनीले वाइक नभएर वेरोजगार भएका तर, आयो राइडरमार्फत स्वरोजगार बन्न चाहाने युवाहरुका लागी सुलभ शुल्कमा दैनिक मोटसाइकल तथा स्कुटर उपलब्ध गराउने समेत बताएको छ । यो एप एक ठाउँबाट अर्को ठाउँ सम्म सामान ओसारपसार गर्न मोटसाइकल देखि १० चक्के ट्रक समेत उपलब्ध गराउन सक्ने नेपालकै पहिलो एप भएको कम्पनीले दावी गरेको छ ।

प्रतिक्रिया