असई चन्दले आफैमाथि गोली हाने

काठमाडौं,१४ मंसिर । अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले आफैमाथि गोली प्रहार गरेका छन् ।
तुर्माखाद गाउँपालिका–३ भैरवस्थान प्रहरी चौकीका इन्चार्ज रहेका चन्दले बिहीबार राति आफैले बोकेको पेस्तोलले आफैमाथि गोली प्रहार गरेको प्रहरी कार्यालयले जनाएको छ । बाँया छातीको माथिल्लो भागमा प्रहार गरेको बुझिएको छ ।
चन्दको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।