११ पुस २०८१, बिहिबार | December 27, 2024

‘घरजग्गा र श्रीमती सबै गयो’


November 18, 2024
33k
Shares

काठमाडौं,३ मंसिर । तनहुँकी लक्ष्मी विश्वकर्मा (वि.क) श्रीमानले कमाएको रकम लिएर सम्पर्क विहिन भएकी छिन् । शुक्लागण्डकीको बेलचौतारा मस्जिद चोक स्थायी घर भएकी ४१ वर्षीया विक केही दिनदेखि श्रीमान प्रकाश विकको सम्पर्कमा आएकी छैनन् । श्रीमतीको वियोगमा बिरक्तिएका प्रकाशले लक्ष्मीलाई खोजिदिन सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

विक ८ महिना अघि रोजगारीको सिलसिलामा माल्दिभ्स पुगेकी थिइन् । उनी र प्रकाशको ११ वर्षको एक छोरी र ६ वर्षका एक छोरा छन् । उनीहरु हाल मामाघर भारतको आग्रा भन्ने स्थानमा हजुरआमासँग बस्दै आएका छन् ।

लक्ष्मीका श्रीमान प्रकाशका अनुसार उनले साढे १३ लाख रुपैयाँ हिनामिना गरेकी छिन् । ३ महिना अघिसम्म राम्रै कुराकानी हुँदै आएपनि त्यसपछिका दिनमा भने श्रीमानसँग कुरा गर्न नमान्ने र गर्नै परे टेढो टेढो कुरा गर्दै आएकी थिइन् ।

“९ महिनामा उनले पठाएको पैसा जम्मा ७० हजार हो, त्यो पनि छोरा छोरीको लागि । अरु के कति कमाइन्, खर्चपर्च के भयो केही थाहा छैन् । सोध्दा झर्किेने रिसाउने गर्छिन् । उनलाई सबै खर्च मैले नै गरेर पठाएको हो ।”–प्रकाशले भने “उल्टै मलाई २ वर्षपछि आएर डिर्बोस दिन्छु,छोरा छोरी लैजान्छु भन्छिन् । उनी अरुसँगै रमाएपनि ठिकै छ तर मलाई मेरा छोरा छोरी र मैले दुखले कमाएको पैसा भने दिनुपर्छ मेरो भनाइ त्यति नै हो ।”

प्रकाशले आफ्नी श्रीमती परपुरुषको चक्करमा लागेको पनि आशंका गरेका छन् । उनका अनुसार अहिले माल्दिभ्सबाट उनकी श्रीमती लक्ष्मी र अर्का एक पुरुष युएइ भिजिट भिसामा घुम्न गएको आफुलाई कतैबाट अपुष्ट खबर आएको पनि सुनाए ।

“अब लक्ष्मीवरुद्ध ठगी मुद्दा हाल्छु, लडेर भएपनि आफ्नो रकम लिन्छु” उदास देखिएका प्रकाशले नेपाली पेन डटकमसँग भने । उनले श्रीमतीले कहिले कुवेत,कहिले दुबई त कहिले अन्यत्र बस्दै आएको भन्दै झुट बोल्ने गरेको पनि गुनासो पोखे । छोरा छोरीलाई राम्रो हुन्छ, म विदेश गएर कमाएर आउछु भनेर उनकै सल्लाहमा आफु भारत गएको पनि बताए ।

 

प्रतिक्रिया