प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाटका कार्यक्रम बन्द

काठमाडौं,२० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली सामान्य बिरामी परेका छन् ।
ज्वरो आएर प्रधानमन्त्रीको स्वास्थ्यमा प्रतिकूलता देखिएपछि अत्यावश्यकबाहेक अन्य भेटघाटका कार्यक्रम बन्द गरिएको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए ।
प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।