१४ कार्तिक २०८१, बुधबार | October 30, 2024

मिस एण्ड मिस्टर लिटल नेपाल वर्ल्ड २०२४ को ट्यालेन्ट शो सम्पन्न


October 27, 2024
2.2k
Shares

काठमाडौं,११ कात्तिक । १४ वर्ष मुनिसम्मका बालबालिकाको सहभागिता रहेको मिस एण्ड मिस्टर लिटल नेपाल वल्र्ड २०२४ को ट्यालेन्ट शो सम्पन्न भएको छ । राजधानीको राजा लाउन्ज हाटेलमा शनिबार भव्य कार्यक्रमका विच सो कार्यक्रम सम्पन्न गरिएको हो ।

संसरा इभेन्टको प्रस्तुती र एसके इन्टरटेइमेन्टले आयोजना गरेको उक्त ट्यालेन्ट शो मा २७ जना प्रतियोगी सहभागी थिए । कार्यक्रमको प्रमुख अतिथि समाजसेवी शान्तकुमारी तामाङ्ग रहनु भएको थियो ।

शो को निर्णायक (जर्ज)हरुमा कलाकार रक्षा थापा,मिस नेपाल मिस इन्टेलेक्चुएलकी विजेता दिक्षा अवस्थी, नृत्यगंना एण्ड कोरियोग्राफर केविका खत्री, नृत्यगंना एण्ड कन्टेन क्रियटर लोसिना शाक्य,जुम्बा इन्सट्रक्टर प्रिया केसी लगायत रहनु भएको थियो ।

ट्यालेन्ट शो को निर्देशन केशव थापाले गर्नु भएको थियो भने कोर्डिओनेटर दिनेश ओली र कोरियोग्राफर आजमा महर्जनले गर्नुभएको थियो ।

शो को फाइनल आगामी नोभेम्बरको अन्तिम साताको शनिबार छाँया कम्प्लेक्समा हुनेछ । शो मा जुनियर र सिनियर गर्दै ३ वटा क्याटागोरी हुनेछन् । जुनियर र सिनियरको तर्फबाट एक–एक जना विजेताले नेपालको प्रतिनिधित्व गर्दै मिस लिटल वल्र्डको लागि विदेश जाने पनि अवसर पाउने निर्देशक थापाले जानकारी दिनु भयो ।

कार्यक्रममा उपत्यकाका मात्र नभइ अन्य धेरै जिल्लाका बालबालिकाहरु प्नि सहभागी छन् । कक्षा १ देखि ७ सम्मका बालबालिकाले भाग लिन पाउने उक्त शो मा फिनालेका लागि बालबालिकाहरुको त्रिसरा रेष्टुरेन्टको इभल्भको फिटनेस स्टुडियोमा तालिम चलिरहेको छ । कार्यक्रमको संचालन मिस गुरुङ्ग २०२२ की विजेता इशा गुरुङ्गले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा काठमाडौं जिल्लाबाट मात्रै सहभागी १२० जना मध्ये १८ जना छनौट भएका छन् भने कुल २२ जना छानिएको मध्ये ४ जनाले विभिन्न कारणले निरन्तरता दिन पाएनन र २० जनाले आजको कार्यक्रममा प्रस्तुती दिएका थिए ।

 

प्रतिक्रिया