५ कार्तिक २०८१, सोमबार | October 22, 2024

सांसदले रिबन काट्ने होइन,देशको नीति बनाउने हो : नेता गुरुङ्ग


October 21, 2024
5.3k
Shares

काठमाडौं,५ कात्तिक । पछिल्लो समय नेताहरु देश विकासका काममा भन्दा पनि उद्घाटन र शिलान्यासमा समय बिताउँदा आम जनमानसमा चर्को असन्तृष्टि बढ्दै गइरहेको छ । विभिन्न दलमा आबद्ध युवा पिढी सचेत हुन थालेपछि आफ्ना नेताको कार्यप्रति पनि असन्तुष्टि जनाइरहेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका केन्द्रीय सदस्य संजिब गुरुङले सांसदहरुले नीति बनाउने हो भन्दै रिबन काट्ने मात्र काम गर्न नहुने तर्क गरेका छन् । नेतृत्व तहलाई सुझाव दिंदै युवा नेता गुरुङले साना तिना काम र कुरामा नभुल्न पनि आग्रह गरेका हुन् ।

“आइतराम पाटी पुणीभञ्जाङ्ग हुँदै सिक्रेमैदान तलाखु छाप सडक स्तरोन्नती शुभारम्भ कार्यक्रम” भोलि कात्तिक ६ गते मंगलबार पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महत प्रमुख अतिथि रहने कार्यक्रम रहेको छ । सोही कार्यक्रमलाई लक्षित गर्दै गुरुङ्गले यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमा तरुण नेता गुरुङ्गले लेखेका छन्,“सम्सद निती बनाउन लाग्ने हो ! सडक निर्माण गर्ने ठाउँमा रिबन काटन जाने होइन ! सूनेको २५ करोडको ठेक्का १४ करोडमा काम गर्दै छ यदी ठेकदारले काम गरेन भने बाइपास ककनी बाटो १० बर्ष अलपत्र परे जस्तो नहोस ! चेतना होस् ”

प्रतिक्रिया