३० आश्विन २०८१, बुधबार | October 16, 2024

तस्बिरमा फूलपाती बढाइँ


October 10, 2024
581
Shares

काठमाडौं, २४ असोज । नेपालीहरूको महान् चाड बडादशैँ २०८१ को पावन अवसरमा २४ असोजमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाई समारोह भएको छ । नेपाली सेनाको बढाइँ टोलीले राइफलबाट लहरे, एकट्ठा र नेपालको नक्साको आकृति बनाई बढाइँ गर्नुका साथै तोपबाट समेत बढाइँ गरेको थियो ।

नेपाली सेनाका विभिन्न युनिटहरुबाट मार्च पास प्रदर्शन सहित गोरखाबाट ल्याइएको फूलपाती हर्षबढाइँ सहित प्रदर्शन गरिएको थियो । समारोहमा दुर्गा नाचका साथै नेपाली सेनाको ब्याण्डबाट मालश्री तथा दुर्गा भजनहरूको समिश्रण सहितको धुन प्रस्तुत गरिएको थियो ।-Photo Source: Nepal Army

P

प्रतिक्रिया