२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

खाध सुरक्षामा साना किसानहरुको भुमिका महत्वपुर्ण : मन्त्री अधिकारी


October 1, 2024
249
Shares

असोज १५ काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले जलबायु परिवर्तनले नेपालको कृषि क्षेत्रमा प्रभाव पारेको वताउनुभएको छ । ईसिमोडले मंगलवार ललितपुरमा गरेको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री अधिकारीले वर्तमान समयको महत्वपूर्ण चुनौती “जलवायु परिवर्तनको सामनामा पर्वतीय खाद्य प्रणालीको दिगोपन” लाई सम्बोधन गर्न सबै एकै ठाउँमा उभिनु पर्ने आवश्यकता औल्याउँनु भयो ।

नेपालको पहाडी पारस्थितिक प्रणालीको समृद्ध विविधताले लाखौंको जीविकोपार्जनलाई सहयोग पुर्याएको चर्चा गर्दै मन्त्री अधिकारीले साना तथा सिमान्त कृषकरूले राष्ट्रिय खाद्य सुरक्षाको लागि महत्त्वपूर्ण योगदान गरेको वताउनु भयो ।

नेपालका विविध कृषि ‘जलवायु क्षेत्र, समृद्ध पारिस्थितिक क्षेत्रहरू र कृषि जैविक विविधताले खाद्य र पोषण सुरक्षा, कृषि उत्पादकत्व वृद्धि र ग्रामीण जीवनस्तरमा सुधार ल्याउन अपार सम्भावनाहरू प्रदान गरे पनि हामीले दबाबपूर्ण चुनौतीहरूको सामना गर्नुपरिरहेको मन्त्री अधिकारीले उल्लेख गर्नुभयो । जलवायु परिवर्तन बाट परेको प्रभावहरूको सामना गर्न सरकारले प्रकृति मैत्री, विशिष्टिकृत, सरल, मापनयोग्य र दिगो समाधानका उपायहरु अपनाउन दृढ संकल्प गरेको भन्दै मन्त्री अधिकारीले कृषि प्रणालीमा प्रारम्भिक चेतावनी प्रणाली ९अर्ली वार्निङ्ग सिस्टम०को विकास गरि कार्यान्वयन गर्न मन्त्रालय सक्रिय भई लागेको छ’ भन्नुभयो ।

जलवायु परिवर्तनका असरको न्यूनिकरणका क्षेत्रमा नेपालमा विद्यमान संभावानको खोजी तथा सदुपयोग गर्न, प्रविधि विकास तथा हस्तान्तरण गर्न र साझेदारी तथा सहकार्य मार्फत नेपालको खाद्य सुरक्षामा सम्मेलन महत्त्वपूर्ण हुने ईसिमोडले जनाएको छ ।

प्रतिक्रिया