१३ आश्विन २०८१, आइतबार | September 29, 2024

पूर्व प्रहरी अधिकारी जोडिएको सुरक्षा र न्याय अध्ययन केन्द्रको साधारण सभा


September 27, 2024
415
Shares

काठमाडौं, ११ असोज । प्रहरीका पूर्व उच्च अधिकारीहरु जोडिएको सुरक्षा र न्याय अध्ययन केन्द्रको साधारण सभा १० असोजमा सम्पन्न भएको छ । साधारण सभामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका पूर्व र बहालवाला उच्च अधिकृतहरु उपस्थित थिए ।

नेपाल प्रहरीका पूर्व एआइजी सुरेन्द्र बहादुर शाह अध्यक्ष रहेको केन्द्रको साधारण सभामा सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल, नेपाल प्रहरीका एआइजी टेकप्रसाद राई सहभागी थिए ।

पूर्व आइजीपीहरु मोतीलाल बोहरा, ध्रुबबहादुर प्रधान, सनत बस्नेत, किशोरकुमार लामा, उपेन्द्रकान्त अर्याल, सिंहबहादुर श्रेष्ठ, प्रकाश अर्याल उपस्थित थिए ।

कार्यक्रममा प्राध्यापक सुवास केसीलगायतले शुभकामना दिदै केन्द्रलाई थिङ्क ट्याङ्कका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया