२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

नारायणगढ–मुग्लिन सडकखण्डमा माइक्रोबस र ट्याङ्कर ठोक्किँदा घाइते हुने को को हुन् ?


September 27, 2024
913
Shares

काठमाडौं,११ असोज । गएराति नारायणगढ–मुग्लिन सडकको भरतपुर–२९ पन्ध्रकिलोमा माइक्रोबस र दूध बोकेको ट्याङ्कर ठोक्किँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बिहीबार राति मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा३ख १७५२नम्बरको माइक्रोबस र मुग्लिन जाँदै गरेको बा।प्र।०३।००१ख २६२२ नं। को दूध बोक्ने ट्याङ्कर एक-आपसमा ठोक्किएका हुन् ।

नवपलपुरको कावासोतीकी वर्ष ६८ की कमला श्रेष्ठ,नवलपुरको गैंडाकोट ५ बस्ने वर्ष ३५ की रेजिना पराजुली, सोही स्थानकी वर्ष २३ की अरुणिमा पौडेल, माइक्रो चालक नवलपुर कावासोती १३ बस्ने वर्ष ३८ को चिन्ताबहादुर महत्तो नवलपुरकै कावासोती ७ बस्ने वर्ष ३२ का सन्तोष महत्तो, नवलपुर कावासोती १ बस्ने वर्ष २१ को निर्जन लुङ्गेली, नवलपुर कावासोती २ बस्ने वर्ष ३४ की निरमाया आले, नवलपुर कावासोती २ बस्ने वर्ष ६ को ईहान आले, नवलपुर कावासोती ७ बस्ने वर्ष ३८ को रामचन्द्र भुषाल, नवलपुर कावासोती ९ बस्ने वर्ष ३० को कृष्ण प्रसाद भुषाल, नवलपुर कावासोती १५ बस्ने वर्ष २३ को सुनिल गैरे, र बाग्लुङ जयमिनि गाउँपालिका ९ बस्ने वर्ष ३७ को फनिन्द्र थापा दुर्घटनामा घाइते भएका छन्।

उनीहरुको चितवन मेडिकल कलेजमा र चार जनाको पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको बुझिएको छ ।

प्रतिक्रिया