१२ आश्विन २०८१, शनिबार | September 29, 2024

न्यायाधीश बनाउन आशिष अधिकारीलाई १२९ नम्बरमा वरिष्ठ अधिवक्ताको उपाधि


September 26, 2024
1.5k
Shares

काठमाडौं, १० असोज । सर्वोच्च अदालतको फूल कोर्टको बैठकले १५९ अधिवक्तालाई वरिष्ठको उपाधि दिएको छ । बिहिबार बसेको बैठकले वरिष्ठ उपाधि दिएकामा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पालामा उनको बिचौलियाको भूमिका निभाउने गरेका आशिष अधिकारी पनि परेका छन् । उनको नाम १२९औं नम्बरमा छ ।

मकवानपुर स्थायी घर भई काठमाडौं बस्दै आएका अधिकारीको ठेगाना काठमाडौं लेखिएको छ । उनको कानून व्यवसायीका रुपमा प्रमाणपत्र जारी साल २०५४ रहेको छ । आफूभन्दा धेरै सिनियरहरुलाई उछिन्दै अधिकारीले बाजी मार्नुमा न्यायाधीशका रुपमा सर्वोच्च अदालत प्रवेश गराउनु रहेको खुलासा नेपाली पेनले गरेको थियो । जुन उनलाई वरिष्ठ अधिवक्ता बनाएपछि समाचार सत्य सावित हुँदैछ ।

हेर्नुहोस्ः चोलेन्द्रका ‘बीचौलिया’ आशिषलाई सर्वोच्चको न्यायाधीश बनाउन के के भयो

आशिषभन्दा पछिल्लो वरियतामा डा. दिनमणि पोखरेल, खम्बबहादुर खाती, अरुण पौडेल राखिएका छन् ।

डा. भीमार्जुन आचार्यको नाम ८९औं नम्बरमा छ । ज्योति बानियाँ ६२ नम्बरमा परेका छन् ।

सर्वोच्चको न्यायाधीश नियुक्तिमा कल्याणकै सेटिङ, यसरी चल्दैछ चलखेल

न्यायाधीश बनाउन करोडौंको डिल, विदेशसम्म दौडधूप

न्यायाधीश बनाउन पैसा, पावर र नातावादको नालीबेली

गोविन्दराज, धनराज र सूर्यनाथको त्रिकोणीय प्रतिशोधमा बालकृष्ण श्रीमान शिखण्डी

न्यायाधीश नियुक्तिमा कल्याण-विश्वम्भर साँठगाँठ

रविलाई लखेट्दा काँग्रेस र एमालेका नेताको भागाभाग

धनराज र ऋषिकेशलाई जोगाउने खेल

प्रतिक्रिया