७ बैशाख २०८३, सोमबार | April 20, 2026

न्यायाधीश नियुक्तिमा कल्याण-विश्वम्भर साँठगाँठ


September 3, 2024
125.5k
Shares

आलोक गौतमः उच्चमा १६ र सर्वोच्चमा ४ जना न्यायाधीश नियुक्तिको कसरतमा रहेको न्याय परिषदमा सदाझैँ नातागोता, दल र नेताका आफन्त, पावर पैसा र भागबन्डाको प्रतिष्पर्धाले तीव्र ध्रुवीकरण ल्याएको छ । यतिसम्म कि पदाधिकारीहरू एकार्काप्रति शङ्का, उपशङ्का र दाउपेचको निकृष्टतामा उत्रिएका छन् । स्थायी प्रकृतिका २ जना सदस्यहरूमध्ये राम प्रसाद श्रेष्ठ बारबाट प्रतिनिधित्व गरेपनि राम प्रसाद भण्डारी बारसँग स्वार्थ मिलान गर्न सकिरहेका छैनन् । त्यसो त केपी शर्मा ओली विगतमा प्रधानमन्त्री हुँदाको पालामा चोलेन्द्र शमशेरको कोटाबाट दुनो सोझ्याएका राम प्रसाद भण्डारी जस्तोसुकै असम्भवलाई पनि सम्भव बनाउन माहिर मानिन्छन् ।

विकृति विसङ्गतिविहीन न्यायपालिकाको प्रतिवेदन बुझाउने हरिकृष्ण कार्की संयोजकत्वको कार्यदलका उपनेता प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशको मुखैमा आएका वरिष्ठ सदस्यको रूपमा परिषदमा छन् । यसपाली उनको एकमात्र दाउ भनेको विश्वम्भरको पालामा संवैधानिक परिषदबाट भावी प्रधानन्यायाधीशको सिफारिस उम्काउनु देखिएको छ । काङ्ग्रेसका पूर्व कार्यकर्ता राउतलाई देउवा दाहिना भएकोले ओलीको चिन्ता नभएपनि परिषदमा ३ जनाको बहुमत सुरक्षित राखेका हेभिवेट प्रचण्डलाई खुसी बनाउनु प्रमुख चुनौती रहेको छ । यसको लागि उनी विभिन्न माओवादी नेताहरू र माओवादी वकीलहरूको चाकडीमा भौँतारिएका भेटिन्छन् । यसको प्रमुख सारथी बनेका छन् पूर्व महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेल । हुनत उनी फरक कित्ताका माओवादी वकील रमन श्रेष्ठ र हेटौंडाका खाट्टी माओवादी राम नारायण बिडारीको समेत समानान्तर सम्पर्कमा छन् । यतिले नपुगेर उनी केही खुङ्खार बिचौलीयामार्फत प्रचण्डलाई मनाउने रणनीतिमा छन् । कतै आफ्ना व्यक्तिगत कमी कमजोरीको फाइदा पूर्व एमाले सभासद सपना मल्लले उठाइ मुखैमा आएको प्रधानन्यायाधीश पद टप्काउने त हैन भनी उनी सरकारी वकील वृत्तमा कुबेर उपनाम पाएका शङ्कर खत्री र बाबुराम दाहाल हरूलाई चिन्ता व्यक्त गर्ने गर्छन् । यसको भरपुर फाइदा आफु कम बोल्ने तर अरू सदस्यबाट काम फत्ते गर्न महाचतुर प्रधानन्यायाधीश श्रेष्ठले भरपुर उठाएको परिषद स्रोत बताउँछ । उनी आफन्त र आप्ना सेटिङका मानिसलाई न्यायाधीश बनाउन कहिले राउत, कहिले अवकासको मुखमै रहेका बयोवृद्ध परिषद सदस्यहरू त कहिले कानुनमन्त्रीलाई नै विभिन्न गोप्य मन्त्रणा र गोटी फाल्नमा व्यस्त भएको बालुवाटार निकट स्रोतबाट थाहा हुन आएको छ ।

मन्त्रीसँग मन्त्रणा
सदभावना पार्टीमा गई पुनः काङ्ग्रेस फर्किई कानूनमन्त्री बनेका अजय चौरासिया विकासे मन्त्रालय चाहन्थे । तर भागमा कानून मन्त्रालय परेपछि निरास भएका उनी न्यायाधीश नियुक्तिको मुखैमा रहेकोले योपनि मालदार मन्त्रालय मानिने भएको निकटस्थहरूको आस्वासनपछि ढुक्क थिए । उनी मन्त्री भएपछि भ्रष्ट्राचारमा जागिर गएका एकजना यादव थरका एसपि न्यायाधीश नियुक्तिका आकाङ्क्षीसँग मोलमोलाइ गर्न खटिएको सुइँको आफ्ना गुप्तचरमार्फत पाएका प्रधानन्यायाधीश श्रेष्ठ आफूसँग न्यायाधीशको लागि प्रस्ताव लिएर आउने वकील र बहालवाला न्यायाधीशलाई पहिले मन्त्री खुसी बनाउन पठाउने, उता सेटिङ मिलिसकेपछि आफूसमक्ष आउन सुझाउने गरेका छन् । अहिले मन्त्रीकहाँ न्यायाधीश र वकीलको ताँती मन्त्रालय र निवास दुवैतिर लागेको छ । प्रधानन्यायाधीशका पारिवारिक नातेदारहरू यसका लागि छुट्टै खटिएका विभिन्न तारे होटलहरूमा न्यायाधीशको लागि बार्गेनिङमा रहेका वकीलहरू बताउँछन् । प्रधानन्यायाधीश श्रेष्ठ आफूकहाँ आउनेहरू आकांक्षीहरूलाई पार्टीको हैसियत हेरी द्वारापाल मूलभट्ट र नातेदारको सम्पर्कमा पठाउने गरेको विश्वस्त स्रोतले नेपाली पेनलाई बताएको छ । मन्त्रीकहाँ सेटिङ मिलिसकेपछि मन्त्रीद्वारा प्रस्ताव गरेको नाममा उनी कहिले २० वर्ष नपुगेकोले उच्चमा हुँदैन त कहिले वरिष्ठ नभएकोले सर्वोच्चमा हुँदैन भनी अत्तो थापी मन्त्रीको नाडी छाम्छन् । उनी मन्त्रिद्धारा प्रस्तावित नाम हेरेर विभिन्न बहानामा घुमाउरो पाराले अस्विकार गरी मन्त्रिलाई हत्तु बनाइ गलाइ आफ्नो स्वार्थ पूरा गर्न परिषद सदस्यहरूलाई मन्त्रिसँग डिल गर्न लगाउने गरेका छन् । दुईजना सदस्यसँग बार्गेनिङमा थाकेका मन्त्रिलाई अन्तमा आफ्नो एजेण्डामा थचार्ने प्रधानन्यायाधीशको कृयाकलापले आजित भएका मन्त्री पटक पटक बैठक छोडेर हिँड्ने गरेकोले नियुक्ति अड्किएको छ । उता अवकासको मुखैमा रहेका सदस्य द्वयको पनि कमाउ धन्दा चलेकै छ ।

नातिलाई न्यायाधीश बनाउन खोज्दा
असोज २० गते अनिवार्य अवकास हुने प्रधानन्यायाधीश श्रेष्ठ भदौ १९ गतेबाट एकमहिना लामो विदा बस्नुभन्दा अगावै नियुक्ति सक्ने दाउमा छन् । यसको लागि मन्त्रीसँग कैयौँ अनौपचारिक एकल र सदस्यहरूमार्फत समेत विभिन्न चरणको मन्त्रणा गरिसकेका श्रेष्ठ वकीलको कोटामा आफ्नै नातिलाई उच्च अदालतमा नियुक्ति गर्न मन्त्रीसँग लचक देखिएका छन् । २०७० मा नं।१४०९८ को अधिवक्ताको लाइसेन्स लिएका मनिषकुमार श्रेष्ठ नाम गरेका व्यक्तिको उनी नातामा “अजा” पर्छन् । उनले आफ्नो सामाजिक सञ्जालमा अगष्ट २६, २०२३ मा “प्यारो अजा सम्मानित सर्वोच्च अदालतको प्रधान न्यायधिस न्युक्त हुनुभएको अवसर मा” भन्दै पोष्ट गरेको फोटोमा ६०४ लाइक र २९४ कमेन्ट छन् जहाँ पत्निसहित ढोगवेदको पारिवारिक माहौल देखिन्छ ।

 

दशैँमा टिका लगाएर आशिर्वाद दिएसरी मनिषलाई उच्चको न्य�

प्रतिक्रिया