९ बैशाख २०८३, बुधबार | April 23, 2026

सर्वोच्चको न्यायाधीश नियुक्तिमा कल्याणकै सेटिङ, यसरी चल्दैछ चलखेल


August 21, 2024
144.9k
Shares

नेपाली पेन, ५ भाद्र । सर्वोच्च अदालतमा ४ जना न्यायाधीश रिक्त रहेको लामो समय भइसक्यो । हाल प्रधानन्यायाधीश सहित १७ जना कार्यरत रहेकोमा आगामी असोज १९ मा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र कार्तिक ३ मा न्यायाधीश प्रकाश कुमार ढुङ्गानाको अवकाश पछि रिक्त संख्या ६ पुग्नेछ । अवकाशको मुखमा रहेका प्रधानन्यायाधीश श्रेष्ठ जाँदाजाँदै नियुक्ति गर्ने प्रयासमा छन् । यो उनको निजी चाहाना मात्र नभई न्यायपालिकाको चतुर खेलाडीका रूपमा चिनिने पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको सेटिङ हो ।

२०७२ चैतमा अवकाश हुन लागेका कल्याण श्रेष्ठ प्रधानन्यायाधीश भएको बेला न्याय परिषदले पूर्णता नपाउँदै आफ्नै कोटरी भित्रका तत्कालीन न्यायाधीश सुशीला कार्की र कानूनमन्त्री अग्नि खरेलको मिलिभगतमा फागुन १८ को मध्यरातमा पूर्व एमाले सांसद र भित्रियाहरुलाई दलको कोटा र व्यक्तिगत भागबण्डामा प्रधानन्यायाधीशको रोलक्रममा राख्ने गरी सेटिङमा गरेको नियुक्तका अवशेषहरू रहुञ्जेल न्यायपालिकामा कल्याणको हात जगन्नाथ छँदैछ । त्यसैले कथंकदाचित विश्वम्भरको पालामा चिप्लिए पनि प्रकाशमान सिंह र सपना प्रधान मल्लको सेट आएपछि पनि डाडु पन्युँ त कल्याणकै हातमा हो । अहिले रिक्त ४ सिटमध्ये २ सिट उच्चबाट र २ कानून व्यवसायी र विज्ञ गरी नियुक्ति गर्ने कुरा भएपनि भित्र वा बाहिर जहाँसुकैबाट नियुक्ति गरेपनि काँग्रेस र एमाले आधीआधी गर्ने सहमति भएको बुझिएको छ।

प्रचण्ड सत्ताच्यूत भएसँगै दिनमणि पोख्रेललाई सर्वोच्च छिराउने माओवादी सपना पनि चकनाचुर भएको छ । कल्याण श्रेष्ठको हालको बटमलाइन भनेको सानिमाको छोरा रमेशकुमार राजभण्डारीलाई जसरी भएपनि सर्वोच्चमा छिराउने हो, जसलाई २०६४ सालमा संविधानसभाको निर्वाचनमा पराजित भएपछि २०७० सालमा कल्याणकै सेटिङमा पुनरावेदनको न्यायाधीशमा छिराएका थिए । नियुक्तिका बखत राजभण्डारी नेकपा एमालेका प्युठान इन्चार्ज थिए, उनी एमालेबाटै गाविस अध्यक्ष, जिल्ला विकास समिति उपाध्यक्ष भइसकेका पात्र हुन् । नियुक्ति लगत्तै एमाले मुख्यालयमा तत्कालीन अध्यक्ष झलनाथ खनालसँग आशिर्वाद थाप्न जाने १५ जना न्यायाधीशको टोलीनेता पनि उनै थिए । कल्याण मात्रै होइन प्रधानन्यायाधीश श्रेष्ठको समेत नाता पर्ने भएकोले राजभण्डारीलाई जुनियर हुँदाहुँदै पनि उच्च अदालतका बागचन्दजस्ता पिएचडी गरेका र सिनियर न्यायाधीशहरूलाई समेत पाखा लगाएर ६ महिना अघि टपक्क टिपेर मुख्यन्यायाधीश बनाएका थिए । एमाले दल, कल्याण र प्रधानन्यायाधीशको दरिलो साथ पाएका राजभण्डारीलाई सर्वोच्च छिर्नबाट रोक्ने कुनै माइकालाल देखिएको छैन ।

त्यसैगरी चर्चाको शिखरमा रहेका अर्का पात्र नित्यानन्द पाण्डे गृहमन्त्री रमेश लेखकको साँढु नाताका भएकोले राजभण्डारीकै शैलीमा काँग्रेसको कोटामा ८० जनाको हुलमा अदालत छिरेका हुन् । उनी लेखककै जोडबलमा पटक(पटक काँग्रेसको कोटामा फाइदा लिँदै आएका र कनिष्ट हुँदाहुदै पनि सिनियरलाई पाखा लगाएर मुख्य न्यायाधीश बन्ने सौभाग्यशाली व्यक्ति हुन् । लेखकका अधिवक्ताको लाइसेन्स पाएका नातागोता, आफन्त कुनैपनि न्यायाधीश बन्न बाँकी नभएको न्यायवृत्तमा चर्चा छ ।

रमेश लेखकका आफन्त सकिएपछि देउवा र अन्य सुदुरपश्चिमे नेताका आफन्त र कार्यकर्ताको पालो आउने नेताहरूनै गुनासो गर्छन् । नियुक्तिमा ठूलै शुभलाभ लिने गरेको लेखकमाथि आरोप भएपनि स्थिति तैँ चुप मैँ चुपको छ । डोटीका प्रधानन्यायाधीश श्रेष्ठ र कञ्चनपुरका लेखकको हिमचिम बाक्लिनुमा काँग्रेस सभापति शेरबहादुर देउवा र श्रेष्ठबीचको सान्निध्यता पनि हो । सुदुरपश्चिमे नित्यानन्द पाण्डे लेखक र श्रेष्ठको होस्टे र हैँसेमा राजभण्डारी सँगै सर्वोच्च छिर्नेमा कुनै दुविधा छैन ।

चर्चामा आएका अर्का हेविवेट हुन् नृपध्वज निरौला । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पत्रबमको रक्तहिन क्रान्तिद्वारा लज्जास्पद पजनीको षड्यन्त्रमा चोलेन्द्र र ईश्वर खतिवडा एण्ड कम्पनीको प्यादा बनेबापत निरौलालाई चोलेन्द्रले रजिष्ट्रारबाट सिधै मुख्य न्यायाधीश बनाएका थिए । उनी न्यायाधीश भएको जम्माजम्मी ३ वर्ष ४ महिनामात्र भएको छ । संविधान अनुसार न्यायाधीश भएको ५ वर्ष नपुगी सर्वोच्चको न्यायाधीश बन्न मिल्दैन । त्यसको लागि उनले अझै १ वर्ष ६ महिना कुर्नुपर्ने हुन्छ । तरपनि संविधान मिचेरै भएपनि जबर्जस्ती सर्वोच्च छिर्ने उनको दाउमा कल्याण र सुशीला कोटरीको पनि साथ छ । त्यसमाथि एमाले दल उनको दाहिना भएकोले संविधान मिचेरै भएपनि उनी सर्वोच्च नछिरी छोड्नेवाला छैनन् ।

न्यायाधीशाकाङ्क्षी अर्का भीमकाय पात्र हुन् लोहितचन्द्र शाह, जसलाई भ्रष्टचारकी कुलदेवी भनेर चिनिने राष्ट्रिय भाउजूको भिटो छ । मामा नाताका त्रिलोक प्रताप राणा न्याय परिषद सदस्य भएको बेला हुकुम प्रमाङ्गीबाट छिरेका लोकमान सिंह कार्कीकै दबङ शैलीमा शाह पनि हुकुम प्रमांगीकै गुप्तचरको डिएसपिबाट सेवा परिवर्तन गरी सिधै न्यायसेवाको उपसचिव छिर्न सफल भएका हुन् । लोकसेवाको परीक्षा कुन चरीको नाउँ हो शाहलाई थाहा छैन । रजिष्ट्रार भएका बखत सर्वोच्चको बजेट आ

प्रतिक्रिया