३ मंसिर २०८१, सोमबार | November 18, 2024

नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौंः मन्त्री पाण्डे


September 18, 2024
83
Shares

काठमाडौं–संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेले बुधबार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई सातवटै प्रदेशमा विस्तार गर्ने बताउनु भएको छ ।

बुधबार नाथमको रबिभवनस्थित कार्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको नयाँ बानेश्वर स्थित कार्यालयको अवलोकनका क्रममा मन्त्री पाण्डेले सो कुरा बताउनु भएको हो ।

नाथम विकास ऐन अन्तर्गत स्थापना भएको र यसको सञ्चालनका लागि कानुन अत्यावश्यक भएको बताउँदै उहाँले आगामी हिउँदे अधिवेशनबाट नाथम सम्बन्धी विधेयक संसदमा पेश गर्ने विश्वास व्यक्त गर्नू भयो । उहाँले नाथमबाट उत्पादित जनशक्ति दक्ष र विश्व बजारमा प्रतिस्पर्धा गर्नका लागि प्रमाणित भएको बताउनु भयो । उहाँले नाथमले अन्तराष्र्टिय संघ संस्थाहरुसँग समेत सहकार्य र सम्वन्य गर्नु पर्नेमा जोड दिनु भयो ।

नाथम सञ्चालनमा मन्त्रालयले कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने समेत मन्त्री पाण्डेले विश्वास दिलाउनु भयो ।

प्रतिक्रिया