७ माघ २०८१, सोमबार | January 21, 2025

संविधान संशोधन गर्दा जनताको अधिकार खोसिदैन् : नेता सिंह


August 19, 2024
830
Shares

काठमाडौं,३ भदौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको बताउनु भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सिंहले कांग्रेस एमाले जनताको अधिकारको लागि लडेको दल भएको जिकिर गरे।

‘संविधान संशोधन गरेर सरकारले भएको अधिकांश कटौती गर्छ भन्ने प्रचार भइरहेको छ। कांग्रेस र एमाले लडेर जनतालाई अधिकार दिएका छौँ। सरकारमा गएर त्यो कटौती हुँदैछ भनेर गरिएको हल्लामा कुनै सत्यता छैन। हल्लाको पछाडि लागेर कहीँ पुगिँदैन।’

उहाँ ले राजनीतिक स्थायित्व दिनको लागि कांग्रेस एमालेसँग मिलेको समेत बताउनु भयो ‘७र८ महिनामा सरकार चेञ्ज भइराख्ने, टिक्ने नटिक्ने सरकारले केही गर्न नसक्ने भएकाले ठूलो दल मिलेको छौँ। यो सरकार बनेपछि अर्थतन्त्रलाई लयमा ल्याउन सकारात्मक प्रयास भइरहेको छ। अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले काम गरेर देखाउँछ।’

प्रतिक्रिया