८ आश्विन २०८१, मंगलबार | September 24, 2024

जनतालाई राहत दिन नयाँ सरकार गठन : मन्त्री सिंह


August 17, 2024
498
Shares

काठमाडौं,१ भदौ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई महसुस हुने गरि राहत दिनका लागि अहिलेको सरकार बनेको बताउनु भएको छ । आज काठमाडौं क्षेत्र नं १ मा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूलाई निर्वाचित गरेकै कारण उपप्रधानमन्त्री हुने अवसर पाएको भन्दै क्षेत्र नं १ का सब‌ै मतदातालाई धन्यवाद ज्ञापन गर्नुभयो ।

‘झन्डा फरफराएर आनन्द लिनका लागि राजनीतिमा लागेको होइन । देशको अवस्थालाई बुझेर सुधार गर्नका लागि राजनीतिमा आएका हौं’, उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘आम नेपालीको अपेक्षालाई मूर्त रूप दिन वर्तमान सरकार बनेको हो । सरकारले अर्थतन्त्र सुधारका लागि काम गरिरहेको छ ।‘ उहाँले देशको अर्थतन्त्रमा सुधार ल्याउन, सामाजिक रूपमा हुनुपर्ने काममा रहेका बाधा अड्चन हटाउन र देशमा सुशासन कायम गर्न सरकार लागिपरेको बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले काठमाडौँको क्षेत्र नम्बर १ को विकास निर्माणका काममा समेत प्रभावकारीताका साथ अघि बढाउने प्रतिबद्धता पनि जनाउनु भएको छ ।

प्रतिक्रिया