८ आश्विन २०८१, मंगलबार | September 24, 2024

सिन्धुलीमा जिप दुर्घटना,३ जनाको मृत्यु, ११ घाइते


August 15, 2024
1.7k
Shares

काठमाडौं,३१ साउन । सिन्धुलीमा जिप दुर्घटना भएको छ । बीपी राजमार्गमा गोलञ्जोरबाट सिन्धुलीतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा ११ जना घाइते भएका हुन् ।

मृत्यु हुनेहरुमा सिन्धुलीकै पृथ्वी भुजेल,उदयबहादुर मस्राङ्गी र पवन मस्राङ्गीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार उनीहरुको बिहान जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको उपचारको क्रममा भएको हो ।

घाइते भएकाहरु मध्ये जिप चालक टीकाजंग राई (हायु) को अवस्था गम्भीर रहेको बुझिएको छ । चालकसँगै उदय लुंगेली,मेनुका मगर र हिमाल परियारलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया