२२ भाद्र २०८१, शनिबार | September 8, 2024

स्रष्टाको एकैस्वर : प्रतिभा पलायन बढ्यो,गुनासो हैन् अधिकारका लागि लडौं


747
Shares

काठमाडौं,११ साउन । स्रस्टाहरुले एकतावद्ध भएर आफ्नो हक अधिकारको पक्षमा आवाज वुलन्द गर्नुपर्ने भन्दै गुनासो गरेरमात्र वस्न नहुने निश्कर्ष निकालेका छन् ।
साहित्य,संगित र कलाको संरक्षण तथा संवर्धनका बिषयमा जय नेपाल फाउण्डेसनले आयोजना गरेको बैचारिक वहसमा सहभागी कलाकार तथा साहित्यकारहरुले यस्तो निश्कर्ष निकालेका हुन ।

कार्यक्रममा लोक कलाकार तथा सांस्कृतिक संघका केन्द्रीय सदस्य विमलराज क्षेत्रीले हक अधिकारका लागि कलाकारहरु एकतावद्ध भएर आन्दोलनमा उत्रनुपर्ने अवश्था रहेको भन्दै गुनासो मात्र गरेर उपलव्धि प्राप्त नहुने वताउनुभयो । प्रतिभा पलायनको डरलाग्दो परिदृष्य देखा परेको उल्लेख गर्दै क्षेत्रीले यसको कारण र समाधानको उपाय खोज्नुपर्नेमा जोड दिनुभयो ।

साहित्यकार डा तुलसी भट्टराईले कोरा राजनीतिलाई मात्र पाथमिकता दिदा कला, साहित्य,संस्कार, संस्कृति, धर्म सबै पक्ष ओझेलमा परेको वताउदै सबैपक्षलाई समेटनु पर्नेमा जोड दिनुभयो । गाउँ मासिनु भनेको कला, संस्कृति, सस्कार सबै मासिनु हो भन्दै भट्टराईले ग्रामिण सभ्यता र संस्कृतिको संरक्षणबारे सोच्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।

कलाकार शिवहरि नेपालले निरासा छ भनेर चुप लागेर वस्न नहुने वरु त्यसलाई चिर्न सक्नुपर्ने उल्लेख गर्दै स्रष्टाको सम्मान गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो । स्रष्टाले उपचार नपाएर मर्नुपर्ने अवश्था नआओस् भनेर दवाव सृजना गर्नुपर्ने नेपालको भनाई थियो ।

संगितकार शान्तिराम राईले साहित्य, संगित र कलाको संरक्षण तथा संवर्धनका लागि धेरै काम भएको तर राइट म्यान राइट प्लेस भन्ने मान्यता अनुरुप अघि वढ्न नसकिएकाले समस्या निम्तिएको वताउनुभयो । प्राज्ञिक थलोमा विज्ञताका आधारमा नभई पैसा र नातागोता हेरेर नियुक्ति दिने प्रवृत्तिले जरा गाडेको उल्लेख गर्दै राईले कला,साहित्यलाइ हेर्ने नेता र कर्मचारी संयन्त्रको आखाँमै खोट रहेको अनुभव सुनाउनुभयो । घरभरी तक्मा तर विरामी हँुदा सिटामोल खाने पैसा नहुने अवश्थामा कलाकारहरु बाचिरहेको वास्तविकता राईले उजागर गर्नुभयो ।

साहित्यकार डा शशी थापा पण्डितले जहाँपनि आक्रोस र निरासा मात्रै सुनिने गरेको भन्दै नेताहरुको व्यवहार स्रष्टा मैत्री नभएको उल्लेख गर्नुभयो । सस्कृतिलाइ नागरिक उड्ययनमा जोडेर मन्त्रालय बनाइएकोमा आपत्ति प्रकट गर्दै उहाँले छुटटै सस्कृति मन्त्रालयको खाँचो औल्याउनुभयो ।

यसैगरी प्राध्यापक डा नारायण चालिसेले राजनीतिक हस्तक्षेपका कारण संस्थाहरु निकम्वा बनेको उल्लेख गर्दै साहित्य,संगित र कलाको सन्दर्भमा पार्टीको नीति स्पष्ट हुनुपर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै प्राध्यापक डा धनेश्वर नेपालले परिवर्तनका नाममा पाश्चात्य भाषा र सस्कृतिको अन्धानुकरणले समस्या आएको उल्लेख गर्दै शिक्षा र पाठयकममै समस्या रहेको वताउनुभयो । राजनीतिक तहवाट नै शुद्धिकरण आवश्यक रहेको नेपालको भनाइ थियो ।

कार्यक्रममा तनहुँको भानु नगरपालिकाका मेयर आनन्द त्रिपाठीले नयाँ पुस्ताले संस्कार विर्सदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । आदिकवी भानुभक्तको सम्झनामा साहित्य सम्मेलन आयोजना गर्ने योजना सुनाउदै त्रिपाठीले कला, संस्कृति, भाषा र धर्मको संरक्षणमा लागिपरेको उल्लेख गर्नुभयो ।

राष्टिय सभाकी सांसद विष्णु सापकोटाले साहित्य,संगित र कला वुझेको मानिसले अर्काको दुःख र भावना पनि वुझने उल्लेख गर्दै कलाकारको आवाज संसदमा उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा अर्थशास्त्री भावुकराज न्यौपानेले साहित्य,संगित र कलामा गरिने लगानिले समाजलाई सयौं बर्ष वाटो देखाउने उल्लेख गर्दै यसमा सरकारको ध्यान पुग्नुपर्ने उल्लेख गर्नुभयो ।

मुर्तिकार राजु पिठाकोटेले राजनीतिक विकृतिले कलाक्षेत्र नराम्ररी पभावित भएको वताउदै नेताहरुले कलाकारको सम्मान गर्न नसकेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा ज्येष्ठ नागरिक कविराज न्यौपाने, साहित्यकार तथा कवि रन्जना निरौला, अधिवक्ता शैलेन्द्र शर्मा,शान्ति कुमाल, दिपक हमाल, मनोज कुमार श्रेष्ठ, ज्ञानु तिमल्सिना लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

छलफलमा संस्थाका अध्यक्ष वद्री अर्यालले जय नेपाल फाउण्डेसनले गर्दै आएको कार्यक्रम,उद्धेश्य र भावी कार्यक्रमबारे जानकारी गराउनु भएको थियो ।

जय नेपाल फाउण्डेसनले जनतामा व्यप्त निरासा र अवको कार्यदिशा अन्तर्गत रहेर हरेक सुक्रवार विभिन्न विषयमा बैचारिक वहश संचालन गर्दै आइरहेको संस्थाका संस्थापक सदस्य सचिव विजयराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया