२२ भाद्र २०८१, शनिबार | September 8, 2024

आमिरले मुम्बईमा किने महंगो अपार्टमेन्ट


0
Shares

काठमाडौं,१६ असार । पछिल्ला केही दिनदेखि बलिउडका धेरै सेलिब्रेटीले घरजग्गामा लगानी गरिरहेका छन् । यसैबीच, अब अभिनेता आमिर खानले मुम्बईको पोश क्षेत्र पाली हिलमा एक विलासी सम्पत्ति किनेका छन्।

आमिरले पाली हिलको बेला भिस्टा अपार्टमेन्ट भवनमा अपार्टमेन्ट किनेका छन् । ’क्त्रगबचभ थ्बचमक.अयm’का अनुसार कागजातमा यो अपार्टमेन्टको मूल्य ९ करोड ७५ लाख रुपैयाँ उल्लेख गरिएको छ ।

१,०२७ स्क्वायर फिटमा फैलिएको यो अपार्टमेन्टको सम्झौता जुन २५ मा फाइनल भएको थियो, जसको लागि आमिरले ३०,००० रुपैयाँ दर्ता शुल्क र ५८.५ लाख रुपैयाँ स्ट्याम्प शुल्क तिरेका छन्।

आजकल आमिर बान्द्राको एउटा बंगलामा बस्छन् । हालै उनलाई भेट्न अभिनेत्री रानी मुखर्जी उनको घर पुगेकी थिइन् ।

आमिरले बेला भिस्टा अपार्टमेन्टमा सम्पत्ति किनेको यो पहिलो पटक भने होइन। उनीसँग पहिले नै यहाँ र मरीना अपार्टमेन्टमा धेरै सम्पत्तिहरू छन्।

यस बाहेक अभिनेताको बान्द्रामा समुद्रको किनारमा ५ हजार स्क्वायर फिटमा फैलिएको आलिशान बंगला छ । सन् २०१३ मा आमिरले पाँचगनीमा ७ करोडको फार्महाउस पनि किनेका थिए । यो दुई एकडमा फैलिएको छ। अभिनेता प्रायः त्यहाँ आफ्नो परिवारसँग छुट्टी मनाउँछन्।

आमिर खान अहिले जेनेलिया डिसुजासँग फिल्म ‘सितारे जमीं पर’ को सुटिङमा व्यस्त छन् । यो वर्ष क्रिसमसको अवसरमा रिलिज हुन सक्छ । यसबाहेक उनले छोरा जुनैदको फिल्म ‘एक दिन’ र सनी देओलको आगामी फिल्म ‘लाहोर १९४७’ पनि निर्माण गर्दैछन् ।

 

प्रतिक्रिया