घराययी विवादमा भाउजुको हत्या

महोत्तरी,१३ असार । भाउजुको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । आफ्नै भाउजु ५० वर्षीया रीतादेवी यादवको हत्या गरेको अभियोगमा औरही नगरपालिका–४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
घराययी विवादको क्रममा रामजतनले कोदालोले प्रहार गर्दा गम्भीर घाइते भएकी रीतादेवीको जानकी एकेडेमिक पर्सा महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कठुधार र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।