अब सांसदहरुले छुट्टी नपाउने

काठमाडौं,२९ जेठ । अब बजेटको मन्त्रालयगत छलफल अवधिभर सांसदरुहरुले छुट्टी नपाउने भएका छन् । आजदेखि बजेटको मन्त्रालयगत छलफल सुरु भएको छ ।
आगामी असार ७ गतेसम्म हरेक दिन निरन्तर छलफल चलाउने र बजेट पारित गरेपछि मात्रै प्रतिनिधि सभाको अर्को बैठकका लागि केही दिन ग्याप राख्ने गरी संसदीय क्यालेण्डर तयार भएको छ ।
संसद सचिवालयको क्यालेण्डरअनुसार आगामी असार ७ गते बजेट पारित गरेपछि ५ दिनसम्म छुट्टी पाउनेछन् । ७ गतेपछि संसदको अर्को बैठक आगामी असार ११ गते बस्ने कार्यतालिका छ ।