१२ श्रावण २०८१, शनिबार | July 27, 2024

युथ फोर्स केन्द्रको कोट कमान्डरसहित ४ जना तरुण दलमा प्रवेश


18.1k
Shares

काठमाडौं,२६ जेठ । युथ फोर्स केन्द्रको कोट कमान्डरसहित ४ जना नेपाल तरुण दलमा प्रवेश गरेका छन् ।

नुवाकोट जिल्ला क्षेत्र न.१ शिवपुरी गाउपालिकामा तरुण दल नुवाकोटले शनिबार आयोजना गरेको एक भेटघाट कार्यक्रममा केन्द्रीय अध्यक्ष विद्धान गुरुङले युथ फोर्स केन्द्रको कोट कमान्डर मनोज घले टाइगरसहित,रमेश पान्डे,सुवास थापा र बुद्धि तामाङलाई तरुण दलको सदस्यता दिएर दल प्रवेश गराउनु भएको हो ।

युथ फोर्स केन्द्रको कोट कमान्डर मनोजसहितको टोलीलाई तरुण दल प्रवेशको संयोजन भने केन्द्रीय सदस्य संजिव गुरुङले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्लाको पार्टीका विभिन्न तहमा रहनुभएको नेताहरुसहित तरुण दलको केन्द्रीय सदस्य बिकास बस्नेत,दिनेश लामा,सरोज शाही,सन्जीव गुरुङलगायतको उपस्थिति थियो ।

 

 

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया