१२ श्रावण २०८१, शनिबार | July 27, 2024

अब स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य


0
Shares

काठमाडौं । अब स्वास्थ्य बीमा गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रुपमा समावेश गर्नु पर्ने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र स्वास्थ्य बीमा बोर्डबीच भएको ‘एमओयू’मा उक्त कुरा उल्लेख गरिएको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक युवराज कट्टेल र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौला स्वास्थ्य बीमा गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो । नयाँ स्वास्थ्य बीमा गर्दा र स्वास्थ्य बीमा नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने गरी राष्ट्रिय परिचयपत्र र बीमा बोर्डबीच सम्झौतामा उल्लेख छ ।

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा। गुणराज लोहनीको उपस्थितिमा कट्टेल र बसौलाबीच उक्त समझदारी भएको हो । राष्ट्रिय परिचयपत्रको प्रणाली र स्वास्थ्य बीमा बोर्डको प्रणालीबीच अन्तरआवद्धता गर्ने विषयले पनि मूर्त रुप पाएको छ । राष्ट्रिय परिचयपत्रको प्रणाली र स्वास्थ्य बीमा बोर्डको प्रणालीबीच अन्तरआवद्धता गर्न गरिएको परीक्षण समेत सफल भएको हो ।

अब राष्ट्रिय परिचयपत्र र यातायात व्यवस्था विभाग, निवृत्तिभरण व्यवस्थापन कार्यालय, आन्तरिक राजस्व विभागको प्रणालीबीच पनि अन्तरआवद्धता गर्ने प्रक्रिया अघि बढेको छ । राष्ट्रिय परिचयपत्र र राहदानी विभागको प्रणालीको पनि सफल भइसकेको छ । गृह मन्त्रिस्तरीय निर्णयबाट उक्त प्रक्रिया अघि बढेको हो । स्वास्थ्य बीमा बोर्ड जस्तै यातायात, आन्तरिक राजस्व विभागलगायतमा पनि छिट्टै परीक्षण गर्ने तयारी भइरहेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया