१२ श्रावण २०८१, शनिबार | July 27, 2024

जब एयर होस्टेसले आफ्नो गोप्य अंगमा १ किलो सुन लुकाएपछि…


2k
Shares

काठमाडौं,१८ जेठ । मस्कटबाट कन्नूर जाने एयर होस्टेसको सम्बन्धमा एउटा अचम्मको घटना बाहिर आएको छ । एक एयर होस्टेस मस्कटबाट कन्नूर जादै थिइन् यस क्रममा उनले आफ्नो मलद्वारमा एक किलो सुन लुकाइरहेकी थिइन्।

सुन लुकाएर तस्करी गर्न खोजेको बताइएको छ । केरलाको कन्नूरमा एयर होस्टेस पक्राउ परेपछि उनलाई हिरासतमा राखिएको छ । डीआरआई स्रोतले यस घटनाको जानकारी दिएको छ। उक्त एयर होस्टेसको नाम सुरभी खातुन रहेको बताइएको छ ।

उनलाई चेकजाँचपछि उनको मलद्वारमा लुकाएर तस्करी गरेको ९६० ग्राम मिश्रित सुन बरामद भएको थियो । सोधपुछ र आवश्यक अन्तर्वार्ता पछि, उनलाई न्यायिक मजिस्ट्रेट समक्ष पेश गरियो र १४ दिनको लागि कन्नूर महिला जेल पठाइएको छ ।श्रोतले दावी गरेको छ कि भारतमा केबिन क्रु सदस्यले आफ्नो मलद्वारमा सुन लुकाएर तस्करी गरेको यो पहिलो घटना हो।

घटनाको अनुसन्धान सुरु भइसकेको र अहिलेसम्म भेटिएको प्रमाणले उनले यसअघि पनि पटक पटक सुन तस्करी गरेको देखाएको छ । तस्करीमा केरलाका व्यक्तिहरूको संलग्नताबारे पनि अनुसन्धान भइरहेको स्रोतले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया