काठमाडौंको शंखपार्कमा भेटिएको शव कसको होला ?

काठमाडौं,२४ वैशाख । काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला परेको छ ।
आज बिहान पार्कमा करिब ३५ वर्षका एक जना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त महाराजगञ्जका अनुसार शवको पहिचान हुन सकेको छैन ।