७ आश्विन २०८१, सोमबार | September 23, 2024

कतारका राजा काठमाडौं आइपुगे


332
Shares

काठमाडौं,११ वैशाख । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् । उनी आफ्नै निजी विमानमा दिउँसो साढे ३ बजे काठमाडौं आइपुगेका हुन् ।

कतारी राजालाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थल पुुगेका छन् । अमिर बंगलादेशको कार्यक्रम सकाएर नेपाल आइपुगेका हुन् । कतारी राजा बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।

आजै राष्ट्रपति पौडेलसँग भेटघाट गर्नेछन् भने साझ नै सोल्टी होटलमा रहेको कार्यक्रममा सहभागी हुनेछन् । राष्ट्रपति पौडेलले सोल्टी होटलमा रात्री भोजको आयोजना गरेका हुन् ।

बुधबार साढे १० बजे प्रधानमन्त्री प्रचण्डसँग द्धारिका होटेलमा भेटघाट गरी भोलि साढे २ बजे कतार फर्कने परराष्ट्र मन्त्रालले जनाएको छ ।

प्रतिक्रिया