जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा,७ वैशाख । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–११ बस्ने २१ वर्षीय टेकेन्द्र तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
तामाङले ती किशोरीलाई सोही नगरपालिका–११ सालबारीस्थित होटलमा बुधबार जबजरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।