२३ भाद्र २०८१, आइतबार | September 8, 2024

अनलाइनमार्फत् नेपाल-भारत सीमा क्षेत्रमा ठगी गर्ने चिनियाँ गिरोह


332
Shares

काठमाडौं, १८ चैत्र । नेपाल प्रहरीले अनलाइनमार्फत् ठगी धन्दा चलाउँदै आएको चिनियाँ गिरोहका सदस्यहरुलाई पक्राउ गरेको छ । गिरोहले नेपाल-भारत सीमा क्षेत्रमा ठगी धन्दा चलाउँदै आएका थिए ।

पक्राउ पर्नेमा चीनको हुनानका ३३ वर्षीय लिउ गुइ कै, हुबेईका २६ वर्षीय वाङ बोहन र ३६ वर्षका छियाङ छियाव रहेको प्रहरीले जानकारी दिएको छ ।

चिनियाँ गिरोहलाई पक्राउ गर्न प्रहरीले सर्च अभियान नै चलाएर छापा मारेको थियो । उनीहरु वीरगञ्जमा आधार बनाएर भारतसम्म ठगीमा सक्रिय थिए । उनीहरुको साथबाट इन्टरनेट र विद्युतीय उपकरणहरु बरामद भएको प्रहरीले जनाएको छ ।

पाँच वर्ष अघि पनि प्रहरीले काठमाडौं उपत्यकाबाट ठगी धन्दामा संलग्न चिनियाँ गिरोहलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया