१२ श्रावण २०८१, शनिबार | July 27, 2024

गठबन्धनका उम्मेदवार जिताउन ‘बाग्मती प्रदेश निर्वाचन समन्वय समिति २०८०’ गठन हुँदै


January 12, 2024
249
Shares

काठमाडौं,२७ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्तागठबन्धनका उम्मेदवारहरुलाई जिताउन ‘बाग्मती प्रदेश निर्वाचन समन्वय समिति २०८०’ गठन हुने भएको छ ।

बिहीबार बसेको तीन दलको बैठकले सत्तापक्षीय गठबन्धनद्वारा गठित आसन्न राष्ट्रियसभा निर्वाचन प्रदेश र जिल्ला तहमा समन्वय समिति गठन गरी गठबन्धनका साझा उम्मेद्बारहरुलाई बिजय गराउने निर्णय गरेको हो ।

गठबन्धनका साझा उम्मेद्बारहरुलाई बिजय गराउन बसेको प्रदेश स्तरिय बैठकमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँ,नेकपा माओवादी बागमतीका अध्यक्ष सरल सहयात्री पौडेल, नेकपा एकीकृत समाजबादीका अध्यक्ष साबित्रा भुसाल,कांग्रेस बागमती प्रदेश संसदिय दलका नेता बहादुर सिंह लामा,कांग्रेस बागमती प्रदेश पदाधिकारीहरु, राष्ट्रियसभा सदस्यका उम्मेद्बारहरु जितजङ्ग बस्नेत, बिष्णुदेबी पुडासैनी, घनश्याम रिजाल,श्रीकृष्ण अधिकारीलगायतको सहभागिता थियो ।

सो बैठकले राष्ट्रियसभामा अत्याधिक बहुमतले आफ्ना उम्मेदवारहरुलाई बिजयी गराउने निर्णय समेत गरेको छ ।

बैठकले एकीकृत रुपमा चुनावी गतिविधि गर्न बाग्मती कांग्रेस सभापति बानियाँ,माओवादी बाग्मतीका अध्यक्ष पौडेल र एकीकृत समाजवादी बागमतीका अध्यक्ष भुसालको अध्यक्षतामा समिति गठन गर्ने पनि निर्णय गरेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया