७ आश्विन २०८१, सोमबार | September 24, 2024

भक्तपुरको शान राख्न सक्रिय मणिराज


December 23, 2023
996
Shares

सुरेन्द्रबहादुर खत्री सिलवाल, भक्तपुर । मणिराज खत्री नाम जस्तो लोकप्रीयता त्यस्तै । उनी भक्तपुरमा चर्चित छन् समाजसेवीका रुपमा ।

समाजसेवामा सधैं अग्रसर रहने खत्रीका लागि भक्तपुरको शान राख्ने अभिप्राय देखिन्छ । उनी दुःखमा परेकालाई साथ दिन उत्साही हुन्छन् । भक्तपुरमा चुनाव जितेर आएका जनप्रतिनिधि भन्दा पनि उनलाई जनताले एकदमै रूचाएका छन् ।दुखमा परेका मानिसहरूको हितमा काम गरेकोले उनको भक्तपुरमा व्यापक चर्चा छ।

पैसा भएर मात्र हुँदैन मन पनि चाहिन्छ । मणिराजमा धन मात्र छैन मन पनि छ । त्यसैले मिहेनत गरेर कमाएको धनलाई सही सदुपयोग गरी समाजको हितमा लगाउन लागिपरेका छन् ।

प्रतिक्रिया