हिन्दी भाषाको रोमनमा लेखेर कलेजकै छतबाट सिंहले हाम फाले
काठमाडौं, २ असार । ललितपुरको डीएभी कलेजमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीय विद्यार्थी आर्यन सिंहले कलेजकै छतबाट हामफालेर आत्महत्या गरेका छन् ।
ललितपुर जिल्ला प्रहरीका अनुसार सोमबार दिउँसो साढे १२ बजे उनी छतबाट हामफालेका थिए ।
तत्कालै सुमेरू सिटी अस्पतालमा उपचारका लागि लगिएकोमा अस्पतालले साँझ मृत घोषित गरेको हो ।
काठमाडौं महानगरपालिका–७, चावहिल घर भएका उनले छतबाट हाम फाल्नुअघि एउटा कपीमा केही कुरा लेखेका छन् ।
हिन्दी भाषाको रोमनमा लेखेका विषयहरु प्रहरीले अध्ययन गरिरहेको प्रवक्ता एसपी मिश्रले बताए ।
प्रारम्भिक अनुसन्धानअनुसार मानसिक समस्या रहेको कुरा उनको लेखाइमा झल्किन्छ ।

