४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

थकाली भाषा संस्कृतिको संरक्षणमा सांसद बिरन्ती गौचनको जोड


December 2, 2023
415
Shares

बेनी, १६ मंसिर । सांसद विरन्ती गौचनले थकाली भाषा संस्कृतिको संरक्षण र विकासमा जोड दिएकी छिन् । बेनीमा शनिबार थकाली जातिको खिमिच्हुव तथा तोरन्ल क्होई प्रशिक्षणको उद्घाटन गर्दै थकाली संस्कृति समृद्ध भएकाले यसको संरक्षणले देशको समृद्धिमा समेत योगदान पुग्ने बताइन् ।

सांसद गौचनले नेपाललाई विश्वभर चिनाउन थकाली संस्कृतिले महत्वपूर्ण भूमिका खेलेको औल्याइन् । थकाली जातिले देशको आर्थिक एवं सामाजिक विकासमा खेलेको भूमिकाबारे उल्लेख गर्दै आफ्नो भाषा संस्कृतिको विकासका लागि थकालीहरु आफै सक्रिय हुनुपर्ने समेत बताइन् ।

थकाली जातिको खिमीच्हुव तथा तोरन्ल क्होई प्रशिक्षण थकाली सेवा समिति नेपालले आयोजना गरेको हो । थकाली अनुसन्धान केन्द्रले थकाली भाषा संस्कृतिको इतिहास र विकासबारे गहिरो अनुसन्धान गर्दै आएकोमा पनि सांसद गौचनले धन्यवाद व्यक्त गरिन् । नयाँ पीढीमा आफ्नो भाषा संस्कृतिप्रतिको माया अझ जगाउनुपर्ने बताइन् ।

प्रतिक्रिया