३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्राज्ञिकको केन्द्रीय कार्यकारिणी समितिको बैठक जनकपुरमा प्रारम्भ


November 21, 2023
83
Shares

मंसिर ५, जनकपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक जनकपुर धाममा प्रारम्भ भएको छ ।

राष्ट्रिय अध्यक्ष डा.गोपीनाथ कडेंल, राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, विशिष्ट अतिथि हिन्दू स्वयंसेवक संघका राष्ट्रिय प्रचारक वेद प्रकाश र राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाललगायतले संयुक्त रूपमा दीप प्रज्ज्वल गरि बैठक ओैपचारिक रूपमा उद्घाटन गरिएको हो ।बैठक संगठनको वार्षिक कार्यको समिक्षा र आगामी कार्य योजना तय गर्ने उद्देश्यले मंसिर ५, ६ र ७ गते जनकपुर धाममा रहने विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष डा.कडेंलले बताउनु भयो ।

उद्घाटन सत्रमा हिन्दू स्वयंसेवक संघका राष्ट्रिय प्रचारक वेद प्रकाशले जनकपुर विद्वान्हरूले सभा र सम्मेलन हुने ठाउँमा विद्यार्थी परिषद्को यश बैठकले अझै सकारात्मक सन्देश दिने र अझै संगठनलाई अगाडि बढाउन थप उर्जा मिल्ने विषय वताउनु भयो ।
उहाँले आज हरेक क्षेत्रमा राम्रो, असल र कुसल व्यक्तिमा आवश्यकता र माग भइरहेकोले सोही कार्यमा विद्यार्थी परिषद्ले आफ्नो गतिविधि सञ्चालन गरिएकोले यसमा विचार गरेर अझै निरन्तर कार्य गरिरहनु पर्ने कुरा बताउनु भएको थियोे ।

त्यसैगरी राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले विद्यार्थी परिषद्ले विगतमा गरेका रचनात्मक, नीतिगत कार्यक्रम, सेवा कार्य लगायतको विषयमा बताउनु भएको थियोे । परिषद्ले विभिन्न कलेजमा व्यक्तित्व विकास तालिम, ७ प्रदेश र केन्द्रमा शिक्षा कार्यशाला, विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण, भूकम्प प्रभावित जिल्लाहरूमा कम्बल वितरण गरिएको जस्ता गतिविधि बारे बताउनु भएको थियोे ।

मंसिर ५ गतेदेखि संचालन भएको बैठकमा देशभर सञ्चालन हुने नगर अभ्यास वर्गको समीक्षा र योजना, सदस्यता अभियान, शिक्षा कार्यशालाको समीक्षा र आगामी योजना, देशको समसामयिक अवस्थाको विषयमा चर्चा, दुई विशेष शैक्षिक र समसामयिक प्रस्तावहरू तयार गर्ने र त्यस माथि छलफलगरि पारित गर्ने, विभिन्न आयाम कार्यहरू इन्जिनियरिङको क्षेत्रमा संकल्प, कानुन क्षेत्र कार्य, कृषि तथा वन क्षेत्र कार्य, मिडिया कार्य, छात्र कार्य, जनजाति कार्य, शिक्षक कार्य, संस्कृति विद्यार्थी सम्मेलन, शिक्षक कार्य, छात्र विचार एवम् सामाजिक सञ्जाल, विश्वविद्यालय एवम् प्राविधिक तथा व्यावसायिक शिक्षा क्षेत्र कार्य, विभिन्न कार्यक्रमहरू राष्ट्रिय विचार वर्ग, नगर सचिव वर्ग, शिक्षक संवाद, विभिन्न आन्दोलनहरू, राष्ट्र व्यापी शैक्षिक अभियान, सातै प्रदेशको चौथो प्रदेश अधिवेशन जस्ता विषयहरूमा बृहत् छलफल, समीक्षा र आगामी कार्य योजना बन्ने विद्यार्थी परिषद्ले जनाएको छ ।

तीन दिन सम्म चल्ने बैठकमा अलग अलग सत्रहरूमा विशेष चर्चा छलफल गरिने र अन्तिम दिन मंसिर ७ गते जानकी मन्दिर परिसरमा बृहृत नागरिक अभिनन्दन समारोहको पनि आयोजना हुने अध्यक्ष कडेंलले बताउनु भएको छ । साथै केन्द्रीय सचिवालय प्रमुख दिनेश कार्कीले गत वर्षको केन्द्रीय कार्यकारिणी समिति बैठकको वृत्त विवरण पेश गर्नु भएको थियोे ।

यस केन्द्रीय कार्यकारीणी समिति बैठकले संगठनको १ वर्षको सांगठनिक कार्ययोजना तयार गर्ने र सोही अनुसार आफ्नो गतिविधिहरू अगाडि बढाउने परिषद्ले जनाएको छ ।

प्रतिक्रिया