१० भदौ २०८३, बुधबार | August 27, 2026

राष्ट्रपति पौडेल भुकम्प प्रभावित क्षेत्रमा जाने भएपछि…


November 6, 2023
0
Shares

काठमाडौं, २० कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल जाजरकोट र रुकुम पश्चिमका भुकम्पपीडितलाई भेट्न जाने तय भएको छ । मंगलबार त्यसतर्फ जाने भएपछि उनको सुरक्षाको तयारी भएको छ ।

भुकम्पपीडितलाई राहत र उद्धारमा खटिनुपर्ने सुरक्षाकर्मीको ध्यान राष्ट्रपतिको सुरक्षामा मोडिने भएको छ । यसै पनि राष्ट्रपतिलाई विशेष सुरक्षा दिनुपर्ने हुन्छ । उनको भ्रमणका लागि हेलिकोप्टर खर्च पनि भइहाल्यो ।

यसैगरी, राष्ट्रपतिले भुकम्पपीडित क्षेत्रमा भ्रमण गर्न लागेकोमा प्राज्ञिक विद्यार्थी परिषदका महासचिव विष्णु पंगेनीले स्थगित गर्न सुझाव दिएका छन् उनले सुरक्षाकर्मी, प्रशासकलगायत राष्ट्रपतिको सुरक्षामा अल्झने हुँदा प्रभावित क्षेत्रमा झन समस्या सृजना हुने भन्दै भ्रमण नगर्दा वेश हुने बताएका हुन् ।

देशमा प्रकोप प्रभावित क्षेत्रमा भीआइपी जाँदा उद्धारभन्दा उल्टै समस्या आउने गरेको छ ।

प्रतिक्रिया