घट्यो डिजेल र मट्टीतेलको मुल्य

काठमाडौँ, १४ कात्तिक । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।
निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो ।
लिटरमा ४ रुपैयाँले घटेको डिजेल र मट्टीतेलको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने निगमले जनाएको छ ।