३ आश्विन २०८१, बिहिबार | September 19, 2024

विजयादशमीको उत्तम साइत सार्वजनिक


October 3, 2023
0
Shares

काठमाडौँ,१६ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८० सालको दसैँको टिकाको साइत सार्वजनिक गरेको छ । समितिको अनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।

दुर्गा पक्षको सुरुआत असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । सोही दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको छ ।

घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने पनि उहाँले बताउनुभयो । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ ।

देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ ।

यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादसैँ सुरु हुँदैछ । कात्तिक पहिलो साता बडादसैँको मुख्य दिनअर्थात् विजयादशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि बडादसैँ पर्व समाप्त हुन्छ ।

प्रतिक्रिया