३१ भाद्र २०८१, सोमबार | September 17, 2024

साधनामा लिन स्रष्टा सामाजिक सञ्जालमा अलमलिदैनन् : गायक केसी (भिडियोसहित)


October 2, 2023
0
Shares

काठमाडौं, १५ असोज । गायक युनिक केसीले गीत संगितलाई सामाजिक सञ्जालको आधारमा मात्र मापन गर्न नमिल्ने तर्क गरेका छन् । उत्कृष्ट गीत भएर पनि चल्नु र नचल्नु कतिपय भाग्यको पनि कुरा हुने उनको भनाई छ ।

नेपालीपेन सँगको कुराकानीको क्रममा गायक केसीले भने,“कतिपय लक, सिजन र प्रमोशनले गर्दा पनि फरक पर्न सक्छ, जो साधनाले लिप्त छन्, साधनामा पोख्त छन् ती व्यक्तिहरु मिडियामा आउँनै चाहाँदैनन्, सामाजिक सञ्जालमा आउनै चाहाँदैनन् । उहाँहरुको मुल्य नै नभएको भन्न मिल्दैन् ।” गीत चल्नुमा श्रष्टा आफैमा पनि भर पर्ने उनको आशय थियो । “आफूलाई कतिसम्म देखाउने भन्ने कुरामा फरक पर्छ । एउटा/दुईटा गीत हिट हुनुले मात्र त्यसको मापन गर्दैन् ।”–उनले भने ।

स्वर सम्राट नारायण गोपाललाई जिवन्त सम्झिरहने भन्दै उनले नारायण गोपालको पालामा टिकटक र फेसबुक नभएको सुनाए । सामाजिक सञ्जाल नभएपनि उनको गीत संगितप्रतिको योगदान सदा स्मरणिय रहने बताए । गायक केसीले गायन क्षेत्रमा सफलता पाउन साधना आवश्यक रहेको बताए । जति लामो समय साधना गर्न सक्यो त्यत्ति नै श्रष्टा खारिदै जाने उनको भनाई थियो ।

राजनीति तथा समाजसेवामा समेत लागेका केसीले करीब एक महिना अघि सम्पुर्ण बाबाहरु प्रति समर्पित गीत ‘बाबा’ सार्वजनिक गरेका छन् । गीतलाई दर्शकहरुले निकै रुचाएका छन् । बुवा नै आफ्नो प्रेरणाको स्रोत बताउँने केसी काठमाडौंको नागार्जुन नगरपालिका–३ मा जन्मिएका थिए । केसीले बाल्यावस्थादेखि नै गीत गाउने गर्थे । घरमा पुरै सांगितिक माहौल भएकोले उनलाई गायन क्षेत्रमा पनि अघि बढ्न प्रेरणा मिलेको सुनाउँछन् । उनले विद्यालय र कलेजमा पनि सांगितिक कार्यक्रममा भाग लिने गर्थे । शिक्षकहरुले पनि उनलाई संगितमा लाग्न सल्लाह दिन्थे ।

गायक केसीले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् भने कानुन संकायमा एलएलबी र पत्रकारिता विषय पनि अध्ययन गरेका छन् । अब माया प्रेम सम्बन्धि गुरुदेव कामदको शब्द, संगितमा, पविनम राईको एरेन्ज र केसीको आवाजमा रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने उनको तयारी छ । “अबको ३र४ महिना भित्र ‘मान्छे’ बोलको गीतसहित ४ वटा गीत सार्वजनिक गर्ने हाम्रो तयारी छ ।”–उनले भने ।

गायनको अलवा केसी नेप्लिज प्रपर्टी इन्भेष्टमेन्ट कम्पनी, नेप्लिज इनिसिएटिभ इन्भेष्टमेन्ट कम्पनीको सिइओ र काठमाडौं सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ युनियनको बोर्ड सदस्य पनि हुन् । गायन क्षेत्रलाई उनले रहरको रुपमा अगाडी बढाइरहेका छन् । समाज परिवर्तनको लागि युवाहरु नेतृत्वमा जानु आवश्यक रहेको भन्दै उनले आगामी दिनमा राजनीतिमा शसक्तरुपले लाग्ने पनि बताए ।

उनले केही दिन अघि मात्र सम्पुर्ण बुवाहरु प्रति सर्मपित गीत ‘बाबा’ सार्वजनिक गरेका थिए । केसीले चर्चित गीतहरुमा आवाज दिएका छन् ।

गायक केसीसँग नेपालीपेनले गरेको कुराकानी हेर्नुहोस् :

 

प्रतिक्रिया