२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

लम्बेतान प्रक्रिया होइन् देशले नतिजा खोजि रहेको छ : मन्त्री मोदी


0
Shares

काठमाडौं, २२ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले लम्बेतान निर्णय प्रक्रियाले देश नबन्ने बताएका छन् ।

सोमबार मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएकाहुन् ।

निर्णयका लागि अपनाइने लम्बेतान प्रक्रिया भन्दा देशले नतिजा खोजि रहेको मन्त्री मोदीको भनाई थियो । उनले थपे,“एउटा ऐनबनाउन वर्षौवर्ष लाग्ने हाम्रो लम्बेतान निर्णय प्रक्रिया छ । यस्तो लम्बेतान प्रक्रियाले हुँदैन । जनतालाई लम्बेतानप्रक्रियाहोइन, नतिजाचाहिएको छ ।”

राष्ट्रिय निजामती सेवा ऐन ल्याउने प्रक्रियामा भइरहेको लम्बेतान निर्णय प्रक्रियाको उदाहरण दिँदै उनले भने, “मन्त्रालयले ऐन बनाएपछि कानुन र अर्थमा सहमतिकालागि पठाउने, सहमतिप्राप्त भएपछि समितिमा पठाउने, त्यसपछि मन्त्रिपरिषद्मा पठाउने अनि संसदमा लैजाने ।यस्तो लम्बेतानप्रक्रियाले हामी चाडो नतिजादिननसक्ने ठाउँमा छौँ ।”

मन्त्रीमोदीले कानुनव्यक्तिगत स्वार्थका लागिनभई देश र जनताको आवश्यकतालाई सम्बोधन गर्नका बनाउनुपर्ने धारणा समेत राखे ।

मन्त्रालयले अहिले सुशासन कायम गर्ने सिलसिलामा सिंहदरबार वरीपरी रहेका कर्मचारीलाई स्थानीयतहमा सरुवा गर्न थालेको बताए । थप प्रष्ट पार्दैउनले भने, “कसैप्रतिआग्रह र पूर्वाग्रह छैन । कसैप्रति म आग्रह र पूर्वाग्रहबोकेर हिड्ने मान्छे म होइन । देश र जनताप्रतिउत्तरदायी र हित सोचेर काम गर्न आवश्यक छ । सुशासनकायम गर्ने कुराको सुरुवात सामान्यप्रशासन मन्त्रालयबाट हुनुपर्छ ।हामीयहीअभियानमा छौँ ।”

मन्त्रीमोदीले सरुवाभइसकेकाहरुले रमानानलिएवा रमानानदिएको खण्डमा कारबाहीहुने चेतावनीपनिदिएका छन् ।

बैठकमा राष्ट्रिय योजनाआयोगका सदस्यजयकान्त राउत, मन्त्रालयको सचिव डा. कृष्णहरी पुष्कर, सरोकारवालामन्त्रालयको प्रतिनिधि, मन्त्रालयकाविभिन्नविभागतथानिकायकाप्रमुख, मन्त्रालयकाविभिन्नमहाशाखाका सहसचिवएवं प्रमुखसहित सबै कर्मचारीहरु उपस्थित थिए ।

प्रतिक्रिया