३१ भाद्र २०८१, सोमबार | September 17, 2024

कस्तो रहला आज देशभरको मौसम !


0
Shares

काठमाडौं, २ साउन । सुदूरपश्चिम प्रदेशका तथा गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघ–गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । हावा–हुरी, भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विभाव महाशाखाले जनाएको छ ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

अहिले देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । साथै गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरुका थोरै भू–भागहरुमा हल्का देखी मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका तथा गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघ–गर्जन/चट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना रहेको छ।
त्यसैगरी, राती देशभर आंशिक देखी सामान्य रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया