२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

पर्सामा तीन ठाउँको सार्वजनिक जग्गा भू–माफियाको कब्जामा रहेको खुलासा


0
Shares

काठमाडौं, ३१ असार । राष्ट्रिय सम्पदा संरक्षण अभियानका संयोजक जफर अन्सारीले पर्साको विभिन्न ठाउँमा भू–माफियाहरुले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएका छन् ।

राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले प्रमोद विक्रम साह, इन्दुमती देवी केडिया र हिरादेवी ब्राहमणीले पर्साका विभिन्न ठाउँको जग्गा आफ्नो नाममा बनाएको आरोप लगाएका हुन् ।

सरकारी जग्गा हड्पिनेहरुका विरुद्धमा आफूले कानुनको साहरा लिन खोजे पनि न्यायलयमा भू–माफियाको पकड र प्रभाव रहेको कारणले सम्भव नभएको उनको दुःखेसो छ ।

‘वीरगञ्ज छपकैया वडा नं–२ स्थित घण्टाघरदेखि रक्सौल भारतको मितेरी पुलजाने मेन बाटोमा लगभग चार विघा क्षेत्रफल भएको जग्गा कसरी फिर्ता गराउने भन्ने सन्दर्भमा कानुन विज्ञहरुको सल्लाहअनुसार मैले मुद्दामामिला गर्दा अहिलेको परिस्थितिमान्यायपाउन धेरै गाह्रो भयो । न्यायालयमापनि भू–माफियाहरुको पकड र प्रभावअतिनै मजबुदछ,’– उनले भने ।

परापूर्वदेखि सार्वजनिक रहिआएको छपकैया पोखरी भू–माफियाप्रमोद विक्रमशाहले किर्ते जालसाजी गरी आफ्नो नाममाजग्गाधनीश्रेस्तापुर्जा कायम गराएको उनको आरोप छ । भू–माफिया साहको उक्तकार्यविरुद्ध आफूले दायर गरेको मुद्दामा २०६५ सालअसार २६ गते जिल्लाअदालतपर्सा र २०६७ सालअसार २८ गते पुनरावेदनअदालत हेटौंडाबाट उक्तजग्गा सार्वजनिक नै भएको ठहर भएको उनले बताए ।

जिल्लाअदालत र उच्चअदालतको उक्त फैसलालाई तत्कालीन सर्वोच्चअदालतकान्यायाधीशचोलेन्द्र शम्शेर जबरा र दीपकराजजोशीको संयुक्तइजलाशले भूमाफिया साहकै हकलाग्ने ठहर गरेको उनले बताए । न्यायाधीशद्वयले प्रलोभनमा परेर उक्त फैसला गरेको उनको ठहर छ ।

उक्त सरकारी जग्गाव्यक्तिको नामबाट सार्वजनिक गराउनआफूले अहिले पनि मुद्दा अगाडि बढाइरहेको उनले बताए । उनले अहिले उच्चअदालतबीरगञ्जमाउक्त मुद्दा लामो समयदेखि विचाराधीन रहेको बताए ।
त्यस्तै, पर्साकै छपकैयास्थितकित्ता नं. ११७ र ९७को नेपाल सरकारको नाममा रहेको जग्गाइन्दुमती देवी केडियाको नाममादर्ता भएको उनको दाबी छ ।

वीरगञ्जमहानगर वडा नं. १२ को कित्तानं.४३ को रामजानकीमन्दीरको जग्गा हिरा देवी ब्राहमणीको नाममादर्ता भएको उनको आरोप छ । उक्त मुद्दामा आफूले अदालतमा मुद्दा दर्ता गराएपनिप्रलोभनमा परेर अदालतले भू–माफियाकै पक्षमा फैसला गरेको उनको आरोप छ ।

एउटा साधरण नागरिकले कानुनीप्रक्रिया, कानुनी जटिलता, कानुनीआधार र प्रमाण खोजेर आफ्नो नीजिखर्चबाट सार्वजनिक सम्पत्तिको संरक्षण गर्न खोज्दा राज्यले नै बेवास्ता गरेको उनको दुखेसो छ । न्यायमा सर्वसाधरणहरुको सहजपहुँचहुनुपर्ने भएपनि केही भ्रष्ट न्यायाधीशहरुकाकारण नेपालमात्यो असम्भवभएको उनको दाबी छ । सार्वजनिक सम्पत्ति संरक्षणका लागिआफूलाई सहयोग गर्न उनले सबैसमक्षआग्रह गरे ।

कार्यक्रममा सामाजिकअभियन्ता तबरेज आलमर अधिवक्ता पुण्यप्रसादगौतमले आफ्नो धारणा राख्दै पर्सामामात्रै नभएर सरकारी जग्गा हड्पिने गिरोह देशभर नै व्याप्त रहेको बताए । उनीहरुले सबै जिम्मेवार नागरिकलाई सरकारी सम्पत्ति संरक्षणमा लाग्नसमेत आह्वान गरे । कार्यक्रम सञ्चालन हरि तामाङले गरेकाथिए ।

 

 

 

प्रतिक्रिया