४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

प्रचण्डको चौतर्फी आलोचना, प्रधानमन्त्रीको अभिव्यक्ति आफैंलाई भारी


0
Shares

काठमाडौं, २१ असार। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति आफंैलाई भारी बनेको छ । मंगलबार एक सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले दिल्लीसमेत धाएर धेरै मिहिनेत गरेको बताएपछि प्रधानमन्त्री प्रचण्डलाई आफ्नै अभिव्यक्ति भारी परेको हो ।

सोही अभिव्यक्तिलाई लिएर प्रचण्डको चौतर्फी आलोचना भएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० र प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूले सदनमा चर्को आलोचना गरिरहेको छ ।

नेपालमा पहिलोपटक ट्रक भित्र्याउने सरदार समुदायका व्यापारी प्रितम सिंहलाई इंगित गर्दै दाहालले एकपटक आफूलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गरेको भन्ने अभिव्यक्ति आएपछि सञ्चार माध्यमले समाचार बनाएका थिए । ‘रोड्स टू द भ्याली ः दि लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ नाम पुस्तक विमोचन समारोहमा दाहालले भन्नुभएको थियो–‘उहाँ ९प्रितम सिंह०ले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटी दिल्ली जानु पनि भयो । काठमाडौंमा नेता साथीहरूसँग लगातार छलफल गर्नुभयो ।’ दाहालको यस्तो अभिव्यक्ति आइरहँदा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेत कार्यक्रममै सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले नेपालमा प्रधानमन्त्री बन्न नेपाली जनता र नेपालका नेताहरू नभई भारतीय पक्षको निर्णायक योगदान रहने सन्देश प्रवाह भएको भन्दै राजनीतिक वृत्तमा उहाँको कडा आलोचना भइरहेको छ । एमालेका सांसदहरूले नेपालको सार्वभौम संसद्को बहुमतबाट प्रधानमन्त्री बनेका प्रचण्डले उक्त गैर जिम्मेवार अभिव्यक्ति फिर्ता लिने मात्र नभई प्रधानमन्त्रीबाटै राजनीनामा दिनुपर्ने माग गरेका छन्।

बुधबार संसद्को बैठक शुरू भएलगत्तै समय लिएर बोलेका एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाउँदै भन्नुभयो– ‘नेपालको प्रधानमन्त्री बन्नको लागि नेपाली जनतातर्फ फर्किने कि दिल्लीतिर जाने हो रु नेपालको प्रधानमन्त्री बन्न दिल्लीतिर जानुपर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले देशको स्वाभिमान गुम्यो । नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुँदैन । उहाँले राजीनामा दिनुपर्छ ।’ एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सदनमा स्पष्ट जवाफ नआएसम्म सदन चल्न नदिने चेतावनी पनि दिएको छ ।

संसद्मा हंगामा मच्चिएपछि बिहीबार ३ बजे बस्नेगरी संसद् बैठक स्थगित गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति आलोचनायोग्य रहेको टिप्पणी गर्दै भन्नुभयो –‘प्रधानमन्त्रीले हिजो जे बोल्नुभयो, म सत्ता पक्षको एउटा सांसद भए पनि त्यसमा समर्थन जनाउनुपर्छ भन्ने हुँदैन । उहाँको अभिव्यक्तिप्रति मेरो प्रष्ट विमति छ । उहाँको अभिव्यक्ति आलोचनाका लागि योग्य छ ।’ नेपालको प्रधानमन्त्रीले नेपालको संसद्प्रति उत्तरदायी भएर राष्ट्रको गरिमालाई उच्च राख्नेगरी बोल्नुपर्ने शर्माले बताउनुभयो ।

तर, प्रधानमन्त्री दाहालले भने सरदार प्रितम सिंहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षीले अनावश्यक बबन्डर मच्चाएको टिप्पणी गर्नुभयो । बुधवार काठमाडौंमा पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै आफूले पुस्तक विमोचन कार्यक्रममा प्रितम सिंह सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै नभई राजनीतिमा पनि चासो राख्ने व्यक्ति भएको बताएको जिकिर गर्नुभयो । उक्त विषयलाई लिएर प्रतिपक्षले गरेको बबण्डरको बेलुन चाँडै फुट्ने भन्दै उहाँले भन्नुभयो– ‘विपक्षीमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ भन्ने कुरा देखिन्छ ।’ प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउनका लागि कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग छलफल गर्नुुहुन्थ्यो भन्ने कुरालाई उचालेर बबन्डर गर्नु आवश्यक नरहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले बेला बेलामा दिने विवादास्पद अभिव्यक्ति र उहाँको कार्यशैली उहाँ आफंैलाई भारी बन्दै आएको छ । पहिलोपटक प्रधानमन्त्री बनेको समयमा नेपाली सेनाका तत्कालीन सेनापति रुक्माङ्गत कटुवाललाई हटाउने निर्णय गर्दै टुँडिखेलबाटै ‘को हो त्यो कट्वाल रु के ९५ हजार सेना कट्वालका पेवा हुन्रु’ भनेर दिएको सार्वजनिक अभिव्यक्तिले उहाँलाई ठूलै झड्का लागेको थियो । कट्वाल हटाउने प्रचण्ड सरकारको निर्णय र उहाँको सार्वजनिक अभिव्यक्तिका कारण गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री प्रचण्ड पदबाट हट्नु परेको थियो । तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालले भारत भ्रमणलाई पहिलो प्राथमिकतामा राखेपछि एमालेले त्यसलाई विवादको विषय बनाएको थियो । उहाँको भारत भ्रमणका क्रममा भएको स्वागतको प्रोटोकल, नागरिकता विधेयक, मुर्रा प्रजातिको राँगो ल्याउने सहमति, भारतीय संसद्मा नेपाली भूमि समेटिएको अखण्ड भारतका नक्सा र सीमानाको जमिन साटफेरको विषयले समेत ठूलो चर्चा पाएको थियो । यी सबै विषयमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्री प्रचण्डको चर्को आलोचना गरेका थिए ।

पछिल्लो समयमा प्रधानमन्त्री बन्न दिल्ली जानुपर्ने सन्देश दिनेगरी बोलेको अभिव्यक्तिले उहाँमाथि चौतर्फी प्रहार भएको छ । उहाँको अभिव्यक्तिले प्रतिपक्षले उठाउँदै गरेको सत्ता परिवर्तनको विषयलाई समेत बल पुग्न सक्ने कतिपयको भनाइ छ । तर, प्रधानमन्त्रीको आशय भारतले नेपालको प्रधानमन्त्री बनाउने भन्ने नरहेको भन्दै नेकपा ९माओवादी केन्द्र०का नेताहरूले बचाउ गरेका छन् । माओवादी केन्द्रका सचिव राम कार्कीले भन्नुभयो–‘प्रधानमन्त्रीले बोलेको कुराको आशय भारतले प्रधानमन्त्री बनाएको भन्ने हैन । प्रितम सिंहको कुरा जोडेर बोल्दाखेरी त्यस्तो सुनिएको हो । यद्यपि, प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले बोल्दा केही तयारीका साथ बोल्नुपर्ने पाठ भने सिकाएको छ ।’ समाचारपत्र

प्रतिक्रिया