२२ भाद्र २०८१, शनिबार | September 8, 2024

मुग्लिन–नारायणगढ सडक दुुईतर्फी सञ्चालनमा आयो


0
Shares

चितवन, १८ असार । गए राति आएको पहिरो र ट्रक पल्टिएपछि अबरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड दुुईतर्फी सञ्चालनमा आएको छ । आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो ।

पहिरो झरेकै स्थानमा ना ६ ख ७१० ट्रक पल्टिदा चालक घाइते भएका थिए भने यात्रुहरु अलपत्र परेका थिए । प्रहरीको अनुसार सामान्य घाइते भएका ट्रक चालकको मुग्लिनस्थित हाइवे हस्पिटलमा उपचार भइरहेको छ ।

पहिरो पन्छाएर र ट्रक उठाएपछि दुई तर्फी सडक खुलाउन सहज भएको हो । ट्रक उठाउन क्रेन बोलाइएको थियो ।

यसअघि शनिबार राति साढे ११ बजेदेखि बन्द भएको सडक आइतबार बेलुका ६ मात्रै खुलेको थियो ।

 

प्रतिक्रिया