रुकुममा जीप दुघर्टना,घटनास्थलमै २ जनाको मृत्यु

काठमाडौं, ११ जेठ । रुकुम पश्चिम सानीभेरीमा जीप दुघर्टना भएको छ । सानीभेरी गाउँपालिका ५ मेलचौरबाट मुसिकोट जादै गरेको लु १ ज १७४७ नम्बरको जीप वाफिकोट गाउँपालिका वडा नं ८ को मोतिखोलामा दुर्घटना परेको थियो ।
सडकबाट झन्डै ४०० मिटर तल खस्दा घटना स्थलमै २ जनाको मृत्यू भएको युवा नेता तारक केसीले बताए । जीपमा १० जना यात्रुहरु यात्रा गरिरहेका थिए ।
दुर्घटनामा परेर आठ जना घाईते भएका छन् । उनीहरुलाई उद्धार गरेर उपचारको पठाईएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको पुरा विवरण आउन बाँकि छ ।