२३ भाद्र २०८१, आइतबार | September 8, 2024

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत आज


0
Shares

काठमाडौं, ५ जेठ । सरकारले आज आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । आज दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा)को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

संयुक्त बैठकमा ४ बजे बोलाइएको छ । संविधानको धारा ९५ मा राष्ट्रिपतिले संघीइ संसदको कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि ६ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने र सोही बैठकमा सभामुख देवराज घिमिरेले धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया