स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

पर्सा,२७ वैशाख । स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ परेका छन् । बिन्दबासीनी गाउँपालिका–५ प्रसौनिभाठ्ठा पुलस्थित सडकबाट स्रोत नखुलेको १२ लाख नेपाली रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भारत पूर्वी चमपारण ग्राम पञ्चायत भेलाही बस्ने ४० वर्षीय धनन्जय कुमार गुप्ता र २६ वर्षीय मुसाहेब आलम रहेका छन् । प्रहरी चौकी प्रसौनीभठ्ठाबाट खटिएको प्रहरीले वीरगंजबाट प्रसौनिभाटातर्फ जाँदै गरेको बिआर ०५ एस ४७०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।