४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

कहिले मौन रहेँ त कहिले भित्रै अडान राखे : गगन थापा


0
Shares

काठमाडौं, २५ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै थापाले नेतृत्व, पार्टी पद्धति अनुसार चल्न नसकेको टिप्पणी गरेका छन् ।

महामन्त्री थापाले आफूले पटक पटक मौनता साँधेको तथा साथीहरूलाई सम्झाएको प्रसँग निकाल्दै अब सहन नसकिने चेतावनी समेत दिएका छन् ।

उनले लेखेका छन्,‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’

प्रतिक्रिया