३ आश्विन २०८१, बिहिबार | September 19, 2024

कस्तो रहँला आजको मौसम


0
Shares

एजेन्सी, १५ वैशाख । देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी क्षेत्रका पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति देशको पहाडी भूभागमा आंशिक बदली, बाँकी भूभागमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहेको छ । गण्डकी र कोशी क्षेत्रका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया