३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज

काठमाडौं, १४ वैशाख । सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाबाट अनुमति पाएका ती कम्पनीहरुको इजाजतपत्र खारेज भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि गत चैत्र मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेपनि नविकरण नगरेकाले इजाजतपत्र खारेज गरेको हो ।