२३ भाद्र २०८१, आइतबार | September 8, 2024

अस्कलको स्ववियु सभापतिमा क्रान्तिकारीका प्रेम जैशी निर्वाचित


0
Shares

काठमाडौं, ३ वैशाख । अमृत साइन्स कलेज (अस्कल) को स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका प्रेम जैशी विजयी भएका छन् ।

संयुक्त गठबन्धन तर्फका उम्मेदवार जैशीले ५४४ मत ल्याएर स्ववियु अध्यक्षमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्धन्द्धी अनेरास्ववियुका उम्मेदवार कमलराज जोशीलाई ९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

त्यसैगरी, सचिवमा अनेरास्ववियुका रुद्रहरी पोख्रेल, कोषाध्यक्षमा नेविसंघकी निहारिका चौधरी निर्वाचित भएकी छिन् । १ हजार ८ सय मतदाता विद्यार्थी भएको क्याम्पसमा स्ववियु निर्वाचनमा १ हजार ३७५ मत खसेको थियो ।

प्रतिक्रिया